दुर्लभ काँडे भ्याकुर भेटियो

  • त्रिशूली प्रवाह
  • ७ बैशाख २०८०, बिहीबार ११:५०
  • सरस्वती न्यौपाने

धुन्चे, नेपालमा मात्रै पाईने पंक्षी काँडे भ्याकुर रसुवाको नागुङ क्षेत्रको जङ्गलमा भेटिएको छ । यसको अङ्ग्रेजी नाम (क्उष्लथ द्यबदभिच) हो ।
विश्वमा अन्त कतै नपाईने काँडे भ्याकुर ललितपुरको जङ्गलमा पनि पाईन्छ । दुर्लभ चरा काँडे भ्याकुर चितवनलगायत गोदावरी, धादिङको उत्तरी भेगमा पाईने गर्दछ ।

काँडे भ्याकुर समुन्द्र सतहबाट १२ सय मिटर भन्दा माथि रहेका पश्चिम नेपालको डोटी र रारा ताल वरपर पनि न्युन संख्यामा पाईने गरेको छ । २०८० साल बैंशाख २ गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–६ नागुङको जङ्गलमा चरा अवलोकन गर्दा काँडे भ्याकुर देखिएको डिभिजन वन कार्यालय रसुवाका अधिकृत बद्रीप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । ढुकुर भन्दा केही सानो र खरानी रंगको हुने र १२ सय मिटर भन्दा माथि बस्न रूचाउने यो चरा करिव २६ सय सेन्टीमिटर लामो हुन्छ । यसले ओसिलो क्षेत्रमा आहारा खोच्छ । यसले एकपटकमा दुईवटासम्म अण्डा कोरल्छ । काँडे भ्याकुर प्रायः समूहमा बस्न रूचाउँछन् । लजालु स्वभावको यो चरालाई सजिलै फेला फार्न सकिंदैन ।
रसुवामा पनि यो चरा देखा परेकाले लामटाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले संरक्षण गर्नुपर्ने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनु भयो ।

विशेषगरी मध्य पहाडी क्षेत्रमा पाउने चरा भए तापनि जलवायु परिवर्तनका कारणले उच्च भागमा समेत देखा परेको हुन सक्ने डिभिजन वन कार्यालय रसुवाका अधिकृत बद्रीप्रसाद ढुङ्गानाले बताउनु भयो । रसुवाको सदरमुकाम धुन्चेदेखि अलि पर नागुङगाउँ नजिकैको जङ्गलमा बैंशाख २ गते देखा परेको काँडे भ्याकुर करिव २३ सय ५० मिटरको उचाईमा फेला परेको हो ।