तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ७ बैशाख २०८०, बिहीबार ११:५५
Buddha Eyes

सरस्वतीको मन्दिरमा द्रब्य र भेटीको चर्चा ! विदुर नगरपालिकामा पाठ्यपुस्तकका गिरोहको चलखेलले पढ्ने र पढाउनेलाई सास्ती ! कुकुरले हल्लाउनुपर्ने पुच्छरे, पुच्छरेले हल्लाएपछि नगरपालिकामा पाठ्यपुस्तक छताछुल्ल ! निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न र अभिभावकको अङ्ग्रेजी शिक्षा मोहले गर्दा नगरको लगानीमा निःशुल्कको थप अङ्ग्रेजी पाठ्यपुस्तकको भारले विद्यार्थीको क्षमता किचिक्क ! वर्षेनी पाठ्यपुस्तक परिवर्तन गर्दा केहीलाई सरस्वती र लक्ष्मीको प्रसाद एकैपटक प्रसाद प्राप्त हुँदा बजेट स्वाहा ! बुर्जुवा शिक्षाले नगरपालिकाको दैनिकी प्रभाव पार्ला भन्ने चिन्ताले मेयर र उपमेयरको निद्हराम !