विदुर, गैर सरकारी संस्था महासंघ नुवाकोटको सातौं जिल्ला अधिवेंश नगत हप्ता सम्पन्न भएको छ । उक्त अधिवेंशनबाट अध्यक्षमा लोचन भट्टराई सर्वसम्वत चयन भएका छन् ।
गत बिहीबार महासंघको ७औं अधिवेशनले भट्टराईको नेतृत्वमा जिल्ला कार्यसमिति निर्बिरोध चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा गोकर्ण नेपाल, सचिवमा यशोदा खतिवडा र सह-सचिवमा कपिलदेव खनाल र कोषाध्यक्षमा धुव्र पुडासैनी चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, कार्यसमितिको सदस्यमा नवदिप अजनवी श्रेष्ठ, बिनोद पाठक, टंक लामा, अञ्जली पाण्डे, नारायण नेपाल, नरेन्द्र थिङ, राजकुमार गजुरेल, रोजिना बानियाँ, गंगा बोगटी र राजकुमार आचार्य चयन भएका छन् । गैसस महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसीको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीले गर्नुभएको थियो ।






प्रतिक्रिया