+
Search

ताजा अपडेट +

पपुलर +

प्राईभेट अस्पताल सञ्चालनमा

प्राईभेट अस्पताल सञ्चालनमा
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, रसुवा जिल्लामा लाङटाङ लिरुङ अस्पताल प्रा.लि. स्याफ्रुवेंशीमा शुक्रबारदेखि सञ्चालनमा आएको छ । पहिलो प्राईभेट अस्पताल बन्न सफल लाङटाङ लिरुङ अस्पतालको उद्घाटन शुक्रबारदेखि सञ्चालनमा आएकोे छ ।

नयाँ वर्षको अवसर परेर बैंशाख १ गते आमाछोदिङ्मो गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकाको जनतालाई सहज सुलभ स्वस्थ्य सेवा प्रदान गने उद्देश्यले गोसाइँकुण्ड वडा नं.-५ स्याफ्रुवेंशी बजारमा सञ्चालन भएको स्पतालका अध्यक्ष डाक्टर जीवन तामाङले बताउनु भयो । अस्पताल उद्घाटनसँगै “स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वास्थ्य जीवन बसौँ” भन्ने मुल नाराको साथमा प्रशुती तथा स्त्रीरोग सम्बन्धि स्वास्थ्य परिक्षण पनि हुने भएका छन् । नयाँ सालको शुरुवातसँगै जनतालाई सेवा दिनको लागि वरिष्ठ प्रशुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर पुनम लामाद्वारा प्रशुती तथा स्त्री रोगको सम्बन्धी बिभिन्न समस्याको परिक्षण तथा स्क्रिनिङ सेवा शुभारम्भ भएको छ ।

शुक्रबारदेखि सञ्चालनमा आएको अस्पतालमा ओ.पि.डि. सेवा, इमरजेन्सी सेवा भिडियो एक्सरे, ल्याब टेस्ट र अन्य अस्पतालमा रिफरको ब्यवस्था रहेकोे छ । अस्पताल उद्घाटनको दिन ओ.पि.डि. सेवा निःशुल्क गरिएको थियो भने ल्याब टेष्ट र आल्ट्र साउन्ड सेवामा २५÷२५ प्रतिशत छुट दिएको डा.जीवन तामाङले बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह