मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा पाण्डे

  • त्रिशूली प्रवाह
  • १४ बैशाख २०८०, बिहीबार १५:५७

काठमाडौं, नेकपा एमाले नुवाकोट जिल्लाका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा जिम्मेवारी पाएका छन् । फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यस्तताका कारण फाउन्डेसनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

फाउन्डेसनले यस वर्षदेखि मदन भण्डारी नवप्रतिभा राष्ट्रिय पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको छ । यसअघि फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिरहेको थियो । सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीबीच निबन्ध प्रतियोगिता गरी दिइने पुरस्कार राष्ट्रियस्तरमा ४० हजार र प्रदेशस्तरमा सात हजारका दरले दिइने फाउन्डेसनका सचिव पेमा लामाले जानकारी दिए । उक्त तीनवटै पुरस्कार जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने फाउन्डेसनका सचिवालय सदस्य भण्डारीले जानकारी दिए ।