+
Search

ताजा अपडेट +

पपुलर +

अब विदामा समेत राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्रको काम हुने

अब विदामा समेत राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्रको काम हुने
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, ०८० सालमा सरकारले शनिबारबाहेक राजपत्रमा प्रकाशित बिदाका दिनमा समेत अत्यावश्यक सेवा प्रवाह गर्ने निर्णय गरेसँगै नुवाकोट जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका कार्यालयलाई आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ । प्रशासन कार्यालयले पनि बिदाको दिन राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा प्रवाह गर्ने तयारी गरिरहेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार गत चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदाको दिनसमेत तीनवटा क्षेत्रको सेवा प्रवाह हुने जानकारी दिए । उनले बताएअनुसार नागरिकतासम्बन्धी सेवा, राहदानीसम्बन्धी सेवा र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा प्रवाह हुनेछ । राजपत्रमा उल्लेखित सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, बैंक तथा वित्तीय संस्थालाई बिदामा कार्यालय सञ्चालन गर्नेबारे कार्यालय प्रमुखको बैठकमा छलफल गरेर आवश्यक व्यवस्था गर्न निर्देशन दिइएकोसमेत उनले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । उनले कर्मचारीको अभावमा पनि भएका कर्मचारीलाई थप सुविधा दिएर बिदाको दिन सेवा सञ्चालन गर्न लागेको बताए ।

प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार उँभौली पर्व/चण्डीपूर्णिमा (वैशाख पूर्णिमा) रहेको ०८० साल वैशाख २२, गणतन्त्र दिवस रहेको जेठ १५, रक्षाबन्धन रहेको भदौ १४, श्रीकृष्ण जन्माष्टमी रहेको भदौ २०, घटनास्थापना रहेको असोज २८, क्रिसमस डे रहेको पुस ९ र किराँत समुदायको उँधौली पर्व/योमरी पुन्ही/ज्यापू दिवस रहेको पुस १० सार्वजनिक बिदा भए पनि सेवा प्रवाह हुने भएको छ । यस्तै, तमु ल्होसार रहेको पुस १५, पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस रहेको पुस २७, माघेसङ्क्रान्ति/माघी पर्व रहेको माघ १, सोनाम ल्होसार रहेको माघ १५, जनयुद्ध दिवस रहेको फागुन १, राष्ट्रिय प्रजातन्त्र दिवस रहेको फागुन ७, महाशिवरात्रि/अन्तर्राष्ट्रिय महिला दिवस रहेको फागुन २५, ग्याल्पो ल्होसार रहेको फागुन २८, चैत ११ गते परेको फागुपूर्णिमा र इदुल फित्र, वकर इद (इद उल अजहा) का दिनसमेत उक्त तीन क्षेत्रको सेवा प्रवाह हुने प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह