+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा भूकम्पको ८ वर्ष : अझै बनेन एक सय ७४ परिवारको घर

गोरखा भूकम्पको ८ वर्ष : अझै बनेन एक सय ७४ परिवारको घर
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, गोरखा बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पको मंगलबार वैशाख १२ गते आठ वर्ष पूरा भएको छ । ०७२ वैशाख १२ गतेका दिन बिहान ११ः५६ मा गएको ७.८ रेक्टर स्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको मृत्यु भएको थियो भने २२ हजार तीन सय नौजना घाइते भएका थिए । भूकम्पमा परी गोरखामा मात्र चार सय ७१ जनाको निधन भएको थियो ।

Utsuk Books & Stationery

भूकम्पका कारण थातथलोमा पहिरो गएपछि विस्थापित भएका रसुवाका एक सय ७४ घरपरिवार अझै विस्थापित अवस्थामा रहेका छन् । उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशूली नदीको किनारामा रहेको टहरोमा भूकम्प गएपछि आठ वर्षदेखि आफ्नो गुजारा चलाइरहेका छन् । विस्थापितमध्येका छेकु लामा भन्छन्, ‘हामी विस्थापितलाई स्थापित गराउन प¥यो भनेर आवाज त उठाइरहेका छौँ, आजसम्म सुनुवाइ भएकै छैन ।’ खाल्टेमा नै बस्न थालेका छेकुजस्तै अरू विस्थापित परिवार पनि जस्ताको टहरामा बस्न थालेको आठ वर्ष भयो । उनीलगायत धेरै छन् । थातथलो छोड्नुको पीडा एकातिर छ भने अर्काेतर्फ नदीको बगरको असुरक्षित बसाइ बर्खा लागेपछि रातभरि सुत्नै पाइँदैन, जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ ।

पुस-माघ लागेपछि टहराबाट शीत चुहिने, बिहान उठ्दा ओड्ने भिज्छ । चैत-वैशाखमा आउने हावाहुरीले टहरो उडाउलाजस्तो गर्छ । यसको मारमा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला अपाङ्गता भएका व्यक्ति रहेका छन् । थातथलोमा बस्नै नहुने भएपछि खोलाको बगरमा नै बसोवास गरिरहेको आठ वर्ष भयो । विस्थापित भूकम्पपीडितको समस्या ज्युँका त्युँ रहेको छ । सुरक्षित पुनः स्थापनाको आशा गरेको यहाँका नागरिकले भूकम्पको पीडा भुल्न रातदिन सम्बन्धित निकायमा धाइरहेको त्यहाँको स्थानीय छेकु लामा बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह