पञ्चकन्या गाउँपालिकाले श्रम स्वीकृति दिन थाल्यो
विदुर, वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन अब स्थानीय तहबाटै हुने भएको छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन सरकारले स्थानीय तहबाट अनलाइन आवेदन भर्ने व्यवस्था मिलाएको हो । चैत १६ गतेको प्रधानमन्त्री तथा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि स्थानीय तहलाई परिपत्रसमेत गरिएको छ । वैदेशिक रोजगारीमा जानेहरू व्यवसायीकहाँ पुगेर चर्काे मूल्यमा अनलाइन फाराम भर्न बाध्य थिए । वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन अब स्थानीय तहबाटै हुने भएको छ । उक्त निर्णय कार्यान्वयनपछि सम्बन्धित स्थानीय तहमा गएर निःशुल्क रूपमा अनलाइन फाराम भर्न सकिनेछ । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । नागरिकले झन्झटिलो र खर्चिलो ढङ्गले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिने गरेका थिए ।
व्यक्तिगत श्रम स्वीकृति आवेदनका लागि नेपाली नागरिकता प्रमाणपत्र, राहदानी (पासपोर्ट), पासपोर्ट साइजको एकप्रति फोटो, बैंक खाता चेकको प्रतिलिपि, आफू जान लागेको कम्पनीको विवरण, भिसाको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । यससँगै रोजगारदातासँग भएको करार सम्झौता, स्वघोषणा फाराम, दूतावासले लेखेको चिठी, आफू जान लागेको देशअनुसारको दुई दिनको तालिम/अभिमुखीकरण लिएको हुनुपर्ने व्यवस्था गरिएको छ । व्यक्तिगत श्रम स्वीकृति आवेदनका लागि नेपाली नागरिकता प्रमाणपत्र, राहदानी (पासपोर्ट), पासपोर्ट साइजको एकप्रति फोटो, बैंक खाता चेकको प्रतिलिपि, आफू जान लागेको कम्पनीको विवरण, भिसाको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । त्यस्तै, स्वास्थ्य परीक्षण (निरोगिताको प्रमाणपत्र), कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, बिमा रकम जम्मा गरेको हुनुपर्ने, इमेल ठेगाना, सम्पर्क नम्बर र परिवारको सम्पर्क नम्बर भएको हुनुपर्ने नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाका रोजगार संयोजक सरोजकुमार खातीले बताए । सम्बन्धित स्थानीय तहको रोजगार सेवा केन्द्रमा गएर व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन भर्न सकिने व्यवस्था रहेको छ ।
‘अनलाइन आवेदन गरी श्रमिकले श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भए पनि अधिकांश नेपाली श्रमिकले अनलाइन आवेदन अन्य अनधिकृत व्यक्ति वा सेवाप्रदायक संस्थामार्फत गर्दा श्रमिकको सम्पूर्ण विवरण प्रविष्ट नहुने, सोबापत धेरै रकम तिर्न बाध्य हुनुपर्ने र विभिन्न बहाना बनाई श्रमिकलाई दुःख, हैरानी दिने कार्य हुन सक्ने अवस्था छ,’ उनले भने, ‘त्यसलाई दृष्टिगत गर्दै वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित एवम् भरपर्दो बनाई स्थानीय तहसम्म पहुँच अभिवृद्धि गर्न वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको अनलाइन आवेदन भर्न सहयोग गर्ने कार्यक्रम गरिएको हो ।’ सम्बन्धित स्थानीय तहको रोजगार सेवा केन्द्रमा गएर व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन भर्न सकिनेको भनाइ छ । अहिले तत्कालका लागि स्थानीय तहअन्तर्गतका रोजगार सेवा केन्द्रले अनलाइन आवेदन भर्न सहयोग गर्नेछन् । यस कार्यक्रमले वैदेशिक रोजगारीमा जाने ठगिनबाट बच्ने अपेक्षा गरिएको छ । ‘वैदेशिक रोजगारीमा जाँदा अनेकन झन्झटिला प्रक्रिया छन्,’ नुवाकोट नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठीले भने, ‘वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन भर्नु पनि एउटा हो ।’
पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले आइतबार गाउँपालिकाबाट पहिलोपटक श्रम स्वीकृति दिएर सेवा प्रारम्भ गरे । श्रम स्वीकृति लिनेमा पहिलो सेवाग्राही पञ्चकन्या गाउँपालिका-३ का रवीन्द्र भण्डारी रहेका छन् । यसअघि काठमाडौं गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुने र लागत पनि बढी लाग्ने गरेकोमा स्थानीय तहबाट नै सेवा सुरु भएपछि सहज भएको उनले उल्लेख गरे । श्रम स्वीकृति दिने कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला केसी पाठक र रोजगार संयोजक सरोजकुमार खातीलगायतको उपस्थिति रहेको थियो ।
केन्द्र सरकारको निर्णयबमोजिम पञ्चकन्याले वैदेशिक रोजगारीका लागि विदेश जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा वैशाख २ गतेदेखि नै प्रारम्भ हुने ०७९ चैत २९ गते सूचना प्रकाशन गरेको थियो ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन भन्दै ०८० वैशाख २ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गराउने गत चैत १६ गतेको नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री) स्तरीयनिर्णय भएको थियो । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।






प्रतिक्रिया