+
Search

ताजा अपडेट +

पपुलर +

देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा योगाभ्यास

देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा योगाभ्यास
त्रिशूली प्रवाह
२ साल अगाडी

देवीघाट, नेपालकै नमुनाको रूपमा रहेको विदुर नगरपालिका-५ को देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा निःशुल्क योगाभ्यास सुरु भइरहेको छ । प्रतिष्ठानका वृद्धवृद्धा र स्थानीयलाई नियमित निःशुल्क योगाभ्यास भइरहेको छ । ३५ जना वृद्धवृद्धा र देवीघाटवरिपरिका वृद्धजनसहित ५० जनाभन्दा बढीलाई प्रतिष्ठानको परिसरमा नियमित योगाभ्यास गराइरहेको प्रतिष्ठानका सहसचिव रामहरि गजुरेलले जानकारी दिए ।

९८ वर्षसम्मका वृद्धजन प्रत्येक दिन बिहान ५ः३० देखि ७ बजेसम्म जीवन सञ्जीवनीको रूपमा मानिएको योगाभ्यास गर्दछन् । नियमित योगाभ्यास गर्ने आश्रमवासी ८८ वर्षीय केदारनाथ पराजुली योगबारे भन्छन्, ‘अभ्यास गर्न थालेपछि शरीर हल्का भयो । खाना नियमित रुचेको छ । शरीर दुःखाइ, पोलाइ कम भएको छ । सुगर, प्रेसरको औषधि प्रयोग नगर्दा पनि स्वास्थ्य ठीक भइरहेको छ । मानसिक स्फूर्ति, एकाग्रता प्राप्त भएको छ ।’ बिहान सबेरै आश्रमपरिसरमा उपस्थित भएर कार्यसमितिका वरिष्ठ सदस्य एवम् दानवीर दाता बलराम अधिकारी, प्रतिष्ठान सल्लाहकार समितिका संयोजक केशवराम तिमल्सिना, प्रतिष्ठान सल्लाहकार रामप्रसाद दाहालले निःशुल्क नियमित योगाभ्यास गराइरहेका छन् । योगगुरु एवम् प्रशिक्षकको नियमित सक्रियता वृद्धजनको नियमित लगनशीलताले ज्येष्ठ नागरिक आश्रम भवन योगाभ्यास केन्द्रको रूपमा समेत विकास हुँदै गएको छ ।

योग प्रशिक्षक बलराम अधिकारी भन्छन्, ‘योगाभ्यास नियमित गर्दा हामी प्रशिक्षक र प्रशिक्षार्थी वृद्धजनको जीवन व्यवहारमा नयाँ स्फूर्तिको सञ्चार भएको अनुभूति गरेका छौँ ।’ ज्येष्ठ नागरिक आश्रम देवीघाटपरिसरमा दुई सयजनासम्म प्रशिक्षार्थीलाई योगाभ्यास गराउन सकिने अवस्था रहेको स्मरण गराउँदै सम्पूर्ण मानवजनलाई बिहान नियमित योगाभ्यास गर्न प्रतिष्ठानले आह्वान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह