एसइई कप फुटसलमा नागिनीथान विजयी

  • त्रिशूली प्रवाह
  • २१ बैशाख २०८०, बिहीबार १२:१९

बट्टार, नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा भएको दोस्रो जिल्लास्तरीय एसइई फुटसल कप प्रतियोगितामा नागिनीथान युवा क्लब विजयी भएको छ ।

नुवाकोट फुटसलमा सोमबार भएको फाइनल खेलमा नागिनीथानले विदुर नगरपालिका६ लाई ३-१ गोल अन्तरले हराउँदै विजयी भएको हो । सेमिफाइनलमा नागिनीथानले महेन्द्र माविलाई र वडा नम्बर-६ ले सुभेनियर बोर्डिङलाई हराउँदै फाइनल प्रवेश गरेका थिए । विजेता र उपविजेताले क्रमशः नगद १५ हजार र सात हजार पाँच सय नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेतालाई विदुर नगरपालिका-४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, एन्फा नुवाकोटका अध्यक्ष देवनारायण चित्रकार, विदुर नगर खेलकुद विकास समितिका अध्यक्ष अच्युतराज गिरीलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरे । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा एसइई दिएका विद्यार्थीका आठ समूहले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।