रेडपाण्डा ट्रफी नौकुण्डको पोल्टामा

  • त्रिशूली प्रवाह
  • २१ बैशाख २०८०, बिहीबार १३:२६
  • सरस्वती न्यौपाने

धुन्चे, हरेक वर्ष सञ्चालन हुँदै आएको रेडपाण्डा ट्रफी यस वर्ष वैशाख १ गते सञ्चालन भएर ७ गते सम्पन्न भएको छ । राष्ट्रिय वन्यजन्तु सप्ताहअन्तर्गत सञ्चालन भएको ११औँ रेडपाण्डा ट्रफीको उपाधि नौकुण्ड टिमले हात पारेको छ ।

रेडपाण्डा ट्रफीको दोस्रो हुनेमा अकियास टिम रहेको छ । सान्त्वना हुनेमा जुनतारा युवा क्लब ग्रे र ठाडे प्रगतिशील युवा क्लब रहेका छन् । ट्रफीको प्रथम पुरस्कार एक लाख ११ हजार एक सय ११, ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कारमा ७७ हजार सात सय ७७, प्रमाणपत्र र मेडल र सान्त्वना हुनेलाई २२ हजार दुई सय २२ रुपैयाँ, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । ०८० वैशाख १ देखि ७ गतेसम्म ‘समन्वय सहकार्य र सहअस्तित्व वन्यजन्तु संरक्षणमा हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ मनाइएको २८औँ वन्यजन्तु सप्ताह तथा ११औँ रेडपाण्डा ट्रफीको अवसरमा हरित सांस्कृतिक कार्यक्रममा विभिन्न ख्यातिप्राप्त कलाकारको बेजोड प्रस्तुति रहेको थियो । वैशाख १ गते विधिवत् रूपमा २८औँ वन्यजन्तु सप्ताहको उद्घाटन, वैशाख २ गते चरा तथा रेडपाण्डाको अवलोकन, ३ गते धुन्चेबजार सरसफाइ, ४ गते ११औँ रेडपाण्डा ट्रफीको उद्घाटनका साथै ५ गते पीपल मैत्रीपूर्ण भलिबल खेल, ६ गते हरित सांस्कृतिक कार्यक्रम र वैशाख ७ गते भलिबल खेलको समापन गरी पुरस्कार वितरण र ग्रिन कन्सर्ट भई समापन भएको थियो ।

कार्यक्रमको समापन प्रमुख अतिथि प्रतिनिीिसभा सदस्य मोहन आचार्य, विशिष्ट अतिथि बागमती प्रदेश ‘क’का प्रदेश सभा सदस्य प्रभात तामाङ, विशिष्ट अतिथि बागमती प्रदेश ‘ख’का प्रदेश सभा सदस्य इन्द्र गौतम (जगतजंग)लगायत प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, नेपाली सेना रसुवाका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुखलगायत कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी, संरक्षणकर्मी, स्थानीयवासीलगायतको उपस्थिति रहेको थियो । संरक्षणमा काम गर्ने संस्था जिवाइटिटिएससमेतको उपस्थिति रहेको थियो ।