+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पतालको सुपरिटेन्डेन्टमा प्रतीक सिंह

त्रिशूली अस्पतालको सुपरिटेन्डेन्टमा प्रतीक सिंह
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोट जिल्लाको सुविधासम्पन्न त्रिशूली अस्पतालले दुई महिनापछि प्रमुख (सुपरिटेन्डेन्ट) पाएको छ ।

Utsuk Books & Stationery

अस्पतालको संरचना विगत पाँच वर्षमा धेरै लयमा आएको थियो भने तीन वर्षदेखि लगातार उत्कृष्ट सरकारी अस्पतालको सूचीमा रहँदै आएको छ । दशौँ तहका अधिकृत सुपरिटेन्डेन्ट (मेसु) डा. दीपेन्द्र पाण्डेको सरुवा भएपछि त्रिशूली अस्पतालमा कार्यरत आठौँ तहका डा. प्रतीक सिंहलाई निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टको रूपमा कामकाज गर्न बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले खटाएको छ । अस्पताल व्यवस्थापन समितिको अध्यक्षको रूपमा राजु पण्डितले विगत एक वर्षदेखि कुशल ढङ्गले समन्वय गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह