तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २१ बैशाख २०८०, बिहीबार १३:५६
Buddha Eyes

दरमुकाम नवनिर्माणको प्रसव पीडामा छटपटिँदा न्यायालयको फैसलाको विस्तृत पाठले मलम लगाउन विश्वास ! मुआब्जाको माग गर्दै फैसला गराउन अदालत जानेहरू जस लिँदै, योजना कार्यालयको सर, म्याडमले तलबभत्ता र गाडी गुडाउँदै काठमाडौंलाई डोरमुकाम बनाएपछि निरीह प्रशासन र दलको कारण सदरमुकाम उजाड ! तमासामय सडकको अवस्था देख्दा–देख्दै यथास्थितिमा रमाउने दल र दलका कार्जेकर्ता भागशान्तिमा जागिर पाएपछि दङ्ग ! सडक योजना समयमा सम्पन्न गराउनभन्दा पनि राष्ट्रिय गौरवको योजनालाई घुलनशील गराएर न्यायालयको पूर्णपाठ पर्खी बस्ने ध्रुव सर अहिले जिल्ल ! पूर्णपाठमा १५ मिटरपछिको मुआब्जा पाउने भएपछि जस लिन तम्सिनेहरू मेयर सा’पकोमा रोदन पोख्दै !