तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २८ बैशाख २०८०, बिहीबार १३:२७
Buddha Eyes

देश अहिले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने ठगी काण्ड पर्दाफासले दल र शीर्ष नेतृत्वको अग्नि परीक्षा ! नाम चलेका दल र नेताको भविष्य के हुने फैसलाको प्रतीक्षामा रहेको बेला नुवाकोटको विदुरको गँगटे-बट्टार क्षेत्रको सडक विस्तारमा सडकको केन्द्रविन्दु पत्ता लगाउन नसक्दा मेयर सा’व गृहटोलमा असुरक्षित महसुस गर्दा प्रहरी सुरक्षा आवश्यक ! जनताको पक्षमा फैसला आयो, मेरो पहलमा भयो भन्ने मेयर सा’वले सुरक्षा नपाएको अवस्थाले योजना प्रमुख ध्रुवसर बिसन्चो भएर काठमाडौंतिर कुलेलाम् ! अदालतले सडक विस्तार गर्दा सडकको केन्द्रविन्दुबाट दायाँबायाँ १५/१५ मिटरको मुआब्जा दिनु नपर्ने निर्णयले राममन्दिर चोकदेखि बट्टारको क्याम्पस चोकसम्म सडकको केन्द्रविन्दु पहिचान गरेर चिनो लगाउन आएका प्राविधिक र जनप्रतिनिधि स्थानीयबाट खेदिए । अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दीपावली गर्नेहरू जग्गा जोगाउन केन्द्रविन्दु अदल-बदलमा व्यस्त !