+
Search

ताजा अपडेट +

पपुलर +

विपत् घटना न्यूनीकरण तथा पूर्वतयारीका लागि विष्णु दल गणको अभ्यास सम्पन्न

विपत् घटना न्यूनीकरण तथा पूर्वतयारीका लागि विष्णु दल गणको अभ्यास सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, नेपाली सेना विष्णु दल गणको आयोजनामा विपत्का घटनाको न्यूनीकरण तथा पूर्वतयारीका लागि रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ सोलेमा अभ्यास मनसुन ३ वैशाख २४ गते सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

मनसुन महिनामा जिल्लामा हुन सक्ने विपत्का घटनाको न्यूनीकरण तथा पूर्वतयारीका लागि जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायको संयुक्त प्रयासमा अभ्यास मनसुन आयोजना गरिएको विष्णु दल गणले जनाएको छ । अभ्यास अवलोकनका लागि जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, नेपाली सेनाका निमित्त गणपति, गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङ, वडाध्यक्ष दावासिदार वाइबा, उत्तरगया गाउँपालिकाका प्रमुख माधव अर्याल, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सङ्घ-संस्थाका प्रमुख, स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, स्वयम्सेविका, सञ्चारकर्मी र स्थानीयको सहभागिता रहेको थियो ।
जिल्लामा हुन सक्ने विपत्को पहिचान गरी त्यसको अभ्यास गरिएको नेपाली सेना विष्णु दल गणले जनाएको छ । विपत् न्यूनीकरणका लागि नेपाली सेना र संयुक्त रूपमा कसरी परिचालन हुन सक्छ त्यसबारे कसरी सूचना पाउने र त्यहीअनुसारको तयारी गरी घटनास्थल पुग्ने ? त्यस्तो अवस्थामा कसको भूमिका के हुने ? भन्ने विषयमा डिमोसेसनमार्फत प्रस्ट पारिएको थियो । विपत्मा सुरक्षाको साथ-साथै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले ज्यानको बाजी लगाएर नागरिकलाई बचाउने साहसिक अभियानमा महत्वपूर्ण योगदान दिन सक्ने उनीहरूलाई विशेष धन्यवाद व्यक्त गरेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

Suzuki New Bike & Scooter

नेपाली सेनाको अगुवाइमा सशस्त्र प्रहरी बल, नेपाल (जनपद प्रहरी) ले गोसाइँकुण्ड गाउँपालिका– ६ सोलेनजिकैको पानी बग्ने खोल्चामा अचानक हिँडिरहेको अवस्थामा पानीले गर्दा चिप्लिएर लडेर तल खोँचमा पुगेर अड्किरहेको सर्वसाधारण मानिसलाई घाइते अवस्थामा सकुशल उद्धार गरी अस्पताल एवम् स्वास्थ्यचौकी पु¥याउँछ । त्यस खोल्चामा घाइते भएका अरू मानिसको पनि बिस्तारै डोरीको सहायताले उद्धार गर्छन् । यसभन्दा अगाडि गोसाइँकुण्ड गाउँपालिकाकै नागुङमा पनि उद्धारका अभ्यास भएका थिए । विवाद बाजा बजाएर आउँदैन, जहाँ जतिखेर, जहिले पनि आउन सक्ने भएकाले पहिले नै सजक हुन जरुरी रहेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह