+
Search

ताजा अपडेट +

पपुलर +

महानिर्देशक ढकालद्वारा लामटाङ राष्ट्रिय निकुञ्जको अनुगमन

महानिर्देशक ढकालद्वारा लामटाङ राष्ट्रिय निकुञ्जको अनुगमन
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, लामटाङ राष्ट्रिय निकुञ्जको अवलोकन तथा के-कस्ता गतिविधि भएका छन् त्यस विषयमा अनुगमन तथा भ्रमणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. महेश्वर ढकाल शुक्रबार रसुवा आएका थिए ।

Satkar Machinery Center
Utsuk Books & Stationery

लामटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले महानिर्देशक डा. ढकाललाई निकुञ्जको वस्तुस्थिति, भौगोलिक कठिनाइलगायत चुनौती र यस निकुञ्जको वस्तुस्थितिबारे तथा राम्रो पक्षको जानकारी गराएका थिए । वैशाख २२ गते अनुगमन तथा भ्रमणका लागि आएका डा. ढकालद्वारा निकुञ्जका कर्मचारी, मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारी, नागरिक समाज, स्थानीय सञ्चारकर्मीलगायत अन्य सरोकारवालासँग अन्तक्र्रिया गरी निकुञ्जभित्र रहेका समसामयिक विषयको जानकारी लिएका थिए । महानिर्देशक ढकाललाई नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले पहिलेदेखि नै धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकार बनाउने विषयमा निकुञ्जले रोकेको भन्ने सुनिन्छ, यसबारेमा स्पष्ट पारिदिन आग्रह गरेका थिए । उनले केबलकार बन्ने विषउमा विभागको कुनै अवरोध नहुने बताए । रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको केही भागमा फैलिएको लामटाङ राष्ट्रिय निकुञ्ज विशेषगरी रेडपाण्डाको वासस्थान रहेको स्थान भनेर परिचित छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह