+
Search

ताजा अपडेट +

पपुलर +

‘गुरु पद्मसम्भव’ को मूर्ति प्रतिस्थापन

‘गुरु पद्मसम्भव’ को मूर्ति प्रतिस्थापन
त्रिशूली प्रवाह
३ साल अगाडी

समुन्द्रटार, नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसम्भव’को शनिबार मूर्ति प्राण प्रतिस्थापन भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

स्थानीयको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको ‘गुरु पद्मसम्भव’को मूर्ति अर्थमन्त्री डा. प्रकाशरण महतले वैशाख २५ गते उद्घाटन गर्दै बुद्धपछिको बुद्ध भगवान्को रूपमा सम्मानित भगवान् पद्मसम्भवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताऐ । ‘दण्ड–जरिवाना गराउने कानुनभन्दा नैतिकवान बनाउने धर्म, संस्कार र मान्यताले हामी चलेका छौँ,’ उनले भने, ‘हजारौँ वर्षदेखि मानिस एक–अर्काप्रति सद्भाव कायम राख्दै जीवन चलाइरहेका छांँ । त्यो हाम्रो महान् धर्म, संस्कृति र त्यसले सिकाएको पाठको नतिजा हो ।’ एक हजार दुई सय वर्षअघि बुद्धधर्मको प्रचारका लागि विशेष गरेर तिब्बत र नेपाली भूमिमा समेत योगदान पु¥याएका ‘गुरु पद्मसम्भव’लाई बौद्ध धर्मालवम्बीले सिद्धार्थ गौतम बुद्धपछिको ‘दोस्रो ठूलो भगवान्’को अवतारको रूपमा पुज्ने गरेका छन् ।

Suzuki New Bike & Scooter

बेतिनीस्थित नाम्सापुरानमा करिब दश रोपनी जग्गामा फैलिएको ‘गुरु पद्मसम्भव’को मूर्ति निर्माणका लागि ७० लाख २० हजार लगानी भएकाले अझै थप व्यवस्थित बनाउन बाँकी रहेको गुम्बा व्यवस्थापन समितिका सल्लाहकार एवम् दुप्चेश्वर गाउँपालिकाको निवर्तमान अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । उनका अनुसार दुप्चेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारमार्फत करिब ३८ लाख प्राप्त भएको र बाँकी ३२ लाखभन्दा बढी रहेको स्थानीयवासीले चन्दा सङ्कलन गरेर मूर्ति निर्माण गरिएको हो । ‘बेतिनीका ६ सयभन्दा बढी घरधुरीको साझा सम्पदाको रूपमा निर्माण गरिएको पद्मसम्भवको मूर्ति नै यस क्षेत्रको पहिलो र बौद्धमार्गीको एक मात्र आस्थाको केन्द्र हो,’ उाले भने, ‘पद्मसम्भवको मूर्तिसँगै अब प्राचीन तथा ऐतिहासिक इतिहास बोकेको यहाँको छेवाङ ग्लान ङारछ्यालिङ गुम्बाको निर्माण गर्दै ‘बौद्ध दर्शन अध्ययन केन्द्र’को स्थापना गर्ने लक्ष्य छ ।’ उक्त स्थाननजिकै कुण्ड र डम्फुपार्कको समेत स्थापना गरिएकाले धार्मिक पर्यटनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मुविन्द्रसिंह तामाङले बताए । बुद्धजयन्ती पर्वको अवसर बनाई ‘विशेष पूजा–आराधना’सहित निर्माण गरिएको ‘गुरु पद्मसम्भव’को मूर्ति प्राण प्रतिस्थापनमा बौद्ध गुरु प्रमुख लामा डोल्पु गुम्चेन रिन्पोछेसहित नौजना लामा गुरुबाट बुम्पा, छोक छ्याङ, बुन्छु, रिल्बु, दादर गर्दै वाङ (प्रसाद र दीर्घायुको कामना) वितरण गरिएको थियो । तीन दिनसम्म सञ्चालित पूजाको समापन आइतबार सम्पन्न भएको छ । उद्घाटन समारोहमा शनिबारसम्म पाँच हजार बौद्धमार्गीको सहभागिता रहेको गुम्बाका प्रमुख लामा पासाङ लामाले जानकारी दिए ।

जिल्लाको विकट र तामाङ, शेर्पा समुदायको बसोवास रहेको उक्त स्थानसम्म पुग्न सडक यातायातको पहुँच कमजोर भएकाले पद्मसम्भवको मूर्ति प्राण प्रतिस्थापन गर्न शनिबार अर्थमन्त्री डा. प्रकाशरण महत हेलिकोप्टरमार्फत कार्यक्रम स्थलमा पुगेका थिए । उक्त अवसरमा उनले सम्बोधन गर्दै सो स्थानसम्म पुग्ने निर्माणाधीन ‘त्रिशूलीस्थित गँगटेदेखि समुन्द्रटार हुँदै गोल्फुभञ्याङसम्म’ जोड्ने सडक कालोपत्रे गर्न आवश्यक बजेट समावेश गर्न लागेको र काठमाडौंबाट शिवपुरी (खोलेगाउँ, महाकाली) हँुदै सीधै दुप्चेश्वरसम्म पुग्ने सडकको ट्र्याक निर्माण गर्ने प्रतिबद्धता सो अवसरमा व्यक्त गरे । यसपटकको बजेटमा काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माणको कार्य थालनी गर्न बजेट व्यवस्थापन गर्नेसमेत अर्थमन्त्री डा. प्रकाशरण महतले बताए । एक हजार दुई सय वर्षअघि बुद्धधर्मको प्रचारमा तिब्बत र नेपाली भूमिमा योगदान पु¥याएका ‘गुरु पद्मसम्भव’लाई बौद्ध धर्मालवम्बीले दोस्रो बुद्ध भगवान्को अवतारको रूपमा पुज्ने गरेकाले त्यसको संरक्षण तथा प्रचारप्रसारमा बेतिनीका बासिन्दाले देखाएको सक्रियताप्रति बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) र बागमती प्रदेस सभा सदस्य तथा नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महतलगायतले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह