राष्ट्रिय स्वतन्त्र पार्टीको विदुर र बेलकोटगढीको नगर भेलाबाट समिति गठन

  • त्रिशूली प्रवाह
  • ४ जेष्ठ २०८०, बिहीबार १२:२३

बट्टार, राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले विदुर र बेलकोटगढी नगरपालिकाको संयुक्त भेला शनिबार सम्पन्न गरेको छ । उक्त भेलाले दुवै नगरपालिकाको सङ्गठन समिति गठन गरेको छ ।

नुवाकोट जिल्ला संयोजक रामेश्वर गजुरेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन जिल्ला सहसंयोजक शरण महतले गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डिपी अर्याल प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको उद्घाटन विदुर नगरपालिका– २ की ७७ वर्षीया वृद्धा लक्ष्मी थापामगरले घन्टी बजाएर गरेकी थिइन् । दुवै नगरपालिकामा यसभन्दा अगाडि नगर संयोजक र वडा संयोजक मात्र रहेका थिए । उक्त भेलाले भरतबहादुर थापामगरको सभापति रहेको १७ सदस्यीय विदुर नगरसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपसभापतिमा राम खतिवडा, सचिवमा रामप्रसाद रिमाल, कोषाध्यक्षमा उषा डङ्गोल र सदस्यमा भानु पाण्डे विनपा-१, ईश्वरकुमार डङ्गोल विनपा-२, दीपक ढुङ्गाना विनपा-३, रूपेशसिंह राजपुत विनपा-४, जोनी जेके विनपा-५, अभय डङ्गोल विनपा-६, नारायणप्रसाद नेपाल विनपा-७, दीपक रिमाल विनपा-८, राजेन्द्र मिजार विनपा-९, आयुश रिजाल विनपा-१०, उत्तम अगस्ती विनपा-११, राजकुमार रिमाल विनपा-१२ र वीरबहादुर तामाङ विनपा-१३ सदस्य रहेका छन् ।

त्यसैगरी, उक्त संयुक्त भेलाले बेलकोटगढी नगर समितिको सभापतिमा कृष्णप्रसाद पन्तलाई विधानअनुसार चयन गरेको छ । समितिको उपसभापति पछि चयन गर्ने गरी सचिवमा रामप्रसाद लामिछाने, कोषाध्यक्षमा सुदीप सापकोटा र सदस्यमा सन्देश न्यौपाने, लुम्वणीप्रसाद सुवेदी, प्रह्लाद न्यौपाने, राजेन्द्र दाहाल, ठाकुरप्रसाद गजुरेल, निरू ढुङ्गाना, भुवनप्रसाद गजुरेल, गोविन्द तिवारी र भैरवप्रसाद लोहनी चयन भएका छन् । जिल्ला समितिसँग समन्वय गरेर बाँकी चार सदस्य र उपसभापति पछि चयन गर्ने समितिका सचिव रामप्रसाद लामिछानेले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । बट्टारमा सम्पन्न विदुर र बेलकोटगढी नगरपालिकाको संयुक्त भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डिपी अर्याल, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, बागमती प्रदेश समितिका सभापति डा. अच्युतम लामिछाने, डा. प्रणय राणा, रमेश खरेल, गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोटको क्षेत्र नं. २ का प्रत्याशी उम्मेदवार सुमन पाण्डे, नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ का प्रत्याशी उम्मेदवार डा. प्रद्युम्न महतलगायतको उपस्थिति रहेको थियो । भेलाको दोस्रो सत्र (बन्द सत्र)को सहजीकरण शरण महत र रमेश राजभण्डारीले गरेर बेलकोटगढी र विदुर नगरको समिति सर्वसम्मत चयन भएको थियो ।