+
Search

ताजा अपडेट +

पपुलर +

धर्म परिवर्तन गराउने समूह निगरानीमा

धर्म परिवर्तन गराउने समूह निगरानीमा
त्रिशूली प्रवाह
३ साल अगाडी
  • शशि डङ्गोल

बेत्रावतीबजार, नुवाकोट र रसुवा जिल्लाको सिमानामा रहेको ऐतिहासिक, धार्मिक क्षेत्र बेत्रावती बजार क्षेत्रमा धर्म परिवर्तन गराउने समूह सक्रिय हुन थालेपछि स्थानीयले चासो र निगरानी गर्न थालेका छन् । आइतबार अघोषित रूपमा प्रलोभनमा पारी धर्म परिवर्तन गराउनेलाई चेतावनी दिँदै यस्ता गैरकानुनी क्रियाकलाप रोक्ने विषयमा आइतबार स्थानीयले छलफल गरेका छन् । स्थानीय सङ्घ-संस्थाको प्रतिनिधि र स्थानीय अगुवाको उपस्थितिमा भएको छलफलमा जबर्जस्ती धर्म परिवर्तन गराउन सक्रिय समूहलाई पहिलोपटक सचेत गराउने सहमति भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नेवार समुदायको पुरानो बस्ती नेवारी धर्म र संस्कृति रहेको बेत्रावतीमा अहिले करकाप र प्रलोभनमा धर्म परिवर्तन गराउने समूह सक्रिय हुन थालेपछि स्थानीय युवाले निगरानी गर्न थालेका छन् । ‘परम् पिता, परमेश्वर सच्चाई, वचन’ भन्ने टोलीले समाजमा नकारात्मक सन्देश दिएको, भावी पुस्तामा आफ्नो जात, धर्म, रीतिरिवाज, संस्कृति, परम्परा, दाजुभाइको भाइचारा सम्बन्ध बिग्रन लागेको, हिन्दू तथा बौद्ध धर्मावलम्बीलाई आर्थिक प्रलोभनमा पारेको आरोप बेत्रावती नेवार समुदायका अगुवा तुलसीनारायण डङ्गोलले लगाए । यस्ता गैरकानुनी कार्य तुरुन्त रोक्नसमेत उनले सम्बन्धित व्यक्तिलाई चेतावनीमूलक आग्रह गरेका छन् । बेत्रावतीमा जात धर्मसम्बन्धी यस्ता अनैतिक गतिविधि बढ्दै गएमा पवित्र धार्मिक तीर्थस्थल उत्तरगया क्षेत्रको महत्व र हिन्दू परम्परामाथि नै धावा हुन सक्ने र दाजुभाइबीच नै जातीय द्वन्द्व हुन सक्ने सम्भावना भएकाले बेत्रावतीवासीले बेलैमा सचेत र सतर्कता अपनाई एकजुट हुनुपर्नेमा स्थानीय समाजसेवी सोमलाल लवटले छलफलमा बताए ।

Suzuki New Bike & Scooter

छलफलमा उठेका प्रश्नमाथि गम्भीर रूपमा सोच्नुपर्ने, केही पुरानाका साथै नयाँ संस्कृति र परम्परा तथा कामलाई आन्तरिक छलफलबाट टुङ्गो लगाई बेत्रावतीको नेवार समुदायलाई आफ्नो परम्पराअनुसार सदैव कायम राख्न भाइचाराको सम्बन्धलाई सुदृढीकरण गर्न लाग्नुपर्ने उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष अष्टमान डङ्गोलले बताए । छलफलको टुङ्गो भने कुनै निष्कर्षबिना टुङ्गिएको छ । अब फेरि अर्को भेला चाँडै नै हुने गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष दीपु डङ्गोलले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह