+
Search

ताजा अपडेट +

पपुलर +

बेलकोटगढीले तीनवटा एम्बुलेन्स ल्याउँदै

बेलकोटगढीले तीनवटा एम्बुलेन्स ल्याउँदै
त्रिशूली प्रवाह
३ साल अगाडी

बेलकोट, नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले तीन वटा एम्बुलेन्स खरीद गर्ने प्रक्रिया अगाडी बढाएको छ । गत बैंशाख ३० गते निर्वाचित जनप्रतिनिधीले सपथ लिएसँगै जनाएको पहिलो प्रतिबद्धता एम्बुलेन्स खरिद गर्ने निर्णय कार्यान्वयनतर्फ अघि बढेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नगरपालिकाले प्रतिस्पर्धाको आधारमा छनोट भएको कम्पनीसंग तीनथान एम्बुलेन्स खरिदको लागी आवश्यक प्रक्रिया अघि बढाएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभएको छ । उहाँको अनुसार अग्नि इन्कर्पोरेटेड प्रा.लि.सँग तीन थान एम्बुलेन्स खरिद गर्नको लागि सम्झौता गरेर कार्यदेश दिईएको छ । तीन थान एम्बुलेन्स खरिद गर्नको लागि कुुल ५९ लाख ९८ हजार ५ सय रुपैयाँ कम्पनीको लागि नगरपालिकाले भुक्तानी प्रक्रिया अगाडी बढाएको प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले बताउनु भयो । उहाँको अनुसार एक थान एम्बुलेन्सलाई १८ लाख ७५ हजार रुपैयाँसहित त्यसमा थप भन्सार, सजावट, प्रज्ञापत्र, एक प्रतिशत राजश्व समेत जोडेर कुल तीन थान एम्बुलेन्सको लागि लाग्ने शुल्क दुई पक्षीय सम्झौताअनुसार भुक्तानी दिन लागिएको हो । सम्झौताअनुसार कम्पनीले १ सय ३० दिनभित्र तीन थान एम्बुलेन्स नगरपालिकाको कार्यालय बाघखोरमा ल्याएर हस्तान्तरण गर्नुपर्ने छ ।

Suzuki New Bike & Scooter

अहिले जनप्रतिनिधीका रुपमा माओवादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन गरेर निर्वाचित भएको नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहाल रहेका छन् । ग्रामीण क्षेत्र, यातायातको सहज पहुँच नभएको, पालिकाभित्र सञ्चालित एम्बुलेन्सको सेवा प्रभावकारी नभएको निस्कर्षसहित नगरबासीलाई सेवा दिने उद्देश्यले आधा दर्जन एम्बुलेन्स खरिद गर्ने लक्ष्य लिएकोमा तत्कालै तीन थान एम्बुलेन्स ल्याउन लागिएको उपप्रमुख दाहालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह