+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीका ईश्वर अमात्यले बिन्ध्यबासिनी म्युजिक अवार्ड जिते

त्रिशूलीका ईश्वर अमात्यले बिन्ध्यबासिनी म्युजिक अवार्ड जिते
त्रिशूली प्रवाह
३ साल अगाडी

काठमाडौं, राष्ट्रिय नाँचघर जमल काठमाडौंमा गत बंैशाख २२ गते सम्पन्न भएको १३औं रमपम बिन्ध्यबासिनी म्युजिक अवार्ड त्रिशूलीबजार नुवाकोटमा जन्मनुभएका पुराना गायक ईश्वर अमात्यले जितेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

वि.सं.२०७९ सालमा रिलिज भएका गीतमध्येबाट विभिन्न २१ विधामा उत्कृष्टता हासिल गरेका गीत÷सङ्गितलाई पुरस्कृत गर्ने क्रममा अमात्यले “अघि बढे भेल बाढी….’’ बोलको गीतबाट “सर्वोत्कृष्ट सङ्गितकार (सुगम सङ्गित)’’ को उपाधि चुमेका हुन् । सो गीतका गीतकार विदुर नगरपालिका वडा नं.–५, नुवाकोट निबासी विष्णुप्रसाद आचार्य “अतृप्त’’ हुन् भने सङ्गितकार ईश्वर अमात्यकै स्वरमा सो गीत स्वरबद्ध भएको थियो । सर्वोत्कृष्ट सङ्गित विधामा नरहरी प्रेमीको “हामी परदेशी’’, सुरेश अधिकारीको “विरानो देश’’, राजकुमार बगरको “ए आकाश’’, ईश्वर अमात्यको “अघि बढे भेल बाढी’’ र शिशिर साधकको “न दोष तिम्रो न दोष मेरो’’ बोलका पाँचवटा गीत मनोनयनमा परेका थिए । मनोनित भएका पाँचजना सङ्गितकारमध्ये निर्णायकले गरेको मूल्याङ्कन, आयोजक संस्थाको मूल्याङ्कन र सङ्गित पारखीले गरेको भोटिङ (मत) का आधारमा ईश्वर अमात्यले सर्वोत्कृष्ट सङ्गितकारको अवार्ड हात पारेका हुन् ।

Suzuki New Bike & Scooter

सो कार्यक्रममा नेपाली साङ्गितिक क्षेत्रमा योगदान दिएवापत सङ्गितकार प्रकाश गुरुङलाई नगद एक लाख रुपैयाँसहित लाईफ–टाईम अचिभमेन्ट अवार्ड समेत हस्तान्तरण गरिएको थियो भने गायिका सुक्मित गुरूङ, गायक बद्री पङ्गेनी, सङ्गितकार भविन ढुंगाना एवं पत्रकार नरेश भट्टराई समेत विभिन्न अवार्ड र नगद पुरस्कारबाट सम्मानित भएका थिए । निजी क्षेत्रबाट प्रदान गरिएको पुरानो र प्रतिष्ठित अवार्ड हात पारेपछि सङ्गितकार ईश्वर अमात्यले साङ्गितिक सिर्जनामा निरन्तर क्रियाशील हुन ठूलो हौसला मिलेको त्रिशूली प्रवाह साप्ताहिकलाई प्रतिक्रिया दिनुभयो । ईश्वर अमात्य “मेघ गर्जिरहेछ…..’’, “अत्तर त्यो फुलको….’’, सुन्नेलाई सुनको माला….’’ लगायतका थुप्रै कर्णप्रिय आधुनिक गीतमार्फत आफ्नो गायनकला प्रस्तुत गरिसकेका नुवाकोटका विशिष्ट साङ्गितिक प्रतिभा हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह