नुवाकोट पोल्ट्री सङ्घमा रिजालको नेतृत्व

  • त्रिशूली प्रवाह
  • १८ जेष्ठ २०८०, बिहीबार १२:१८

बट्टार, नुवाकोटामा स्थापित उद्योगको रूपमा रहेको पोल्ट्री व्यवसायमा संलग्न व्यवसायी आबद्ध नुवाकोट पोल्ट्री व्यवसायी सङ्घको प्रथम अधिवेशन तथा प्रथम साधारणसभा सोमबार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले राजेन्द्र रिजालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा कृष्णहरि गजुरेल, सचिवमा सोमप्रसाद अर्याल, सहसचिवमा रमेश चित्रकार, कोषाध्यक्षमा रामकृष्ण प्याकुरेल र सदस्यमा श्यामकृष्ण चालिसे, इन्द्र न्यौपाने, पोस्तक अधिकारी, सञ्जीव पौडेल, दीपक रिजाल, चिरञ्जीवी ओझा, सुनिल तामाङ, हरिकृष्ण ढुङ्गाना, यादवकुमार जम्कट्टेल र निमेष नेपाल चयन भएका छन् । अधिवेशनको उद्घाटन भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख भरत पाण्डेले गरेका थिए । सो कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका डा. बबलु ठाकुर, पशु चिकित्सकद्वय डा. सन्दीप हुमागाईं, डा. उज्ज्वलमान श्रेष्ठ, पोष्टबहादुर बहुप्राविधिक शिक्षालयका डा. राजचन्दन राय र डा. भीमराज कार्कीको उपस्थिति रहेको थियो । नुवाकोट जिल्ला पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भर बन्दै काठमाडौंमा मासु र अन्डा निर्यात गरिरहेको नवनिर्वाचित सचिव सोमप्रसाद अर्यालले बताए । पोल्ट्री व्यवसायी सङ्घ गत वर्ष जिल्ला प्रशासन कार्यालयमा सङ्घ-संस्था ऐनअन्तर्गत दर्ता भएको संस्था हो । सङ्घले जिल्लामा छरिएर रहेका पोल्ट्री व्यवसायीलाई एकीकृत गर्दै पोल्ट्री व्यवसायीको समस्यालाई समाधान गर्दै अवसरको खोजी गरिरहेको छ । जिल्लाको १२ वटै पालिकामा पोल्ट्री व्यवसाय विस्तार भइरहेको नवनिर्वाचित अध्यक्ष राजेन्द्र रिजालले बताए ।