+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वर माविमा पण्डितको सालिक अनावरण

दुप्चेश्वर माविमा पण्डितको सालिक अनावरण
त्रिशूली प्रवाह
३ साल अगाडी

समुन्द्रटार, नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ रामतीमा रहेको दुप्चेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा वामपन्थी आन्दोलनका नेता तथा पूर्वसांसद गणेश पण्डितको अर्धकदको सालिक अनावरण गरिएको छ । ‘गणेश पण्डित स्मृति केन्द्र परिवार’ले निर्माण गरेको सालिकको शनिबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनावरण गरेका हुन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

मुलुकमा बहुदलीय व्यवस्थाको स्थापना र वामपन्थी आन्दोलनको अग्रणी व्यक्तिको रूपमा सबै पार्टी, समुदायसहित राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याएको व्यक्तित्वको रूपमा नेकपा एमालेका नेता तथा पूर्वसांसद गणेश पण्डितको सभामुख देवराज घिमिरेले उच्च प्रशंसा गरे । सालिक अनावरण कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गर्ने सङ्घीय र प्रदेस सांसदले गणेश पण्डितले पु¥याएको योगदानको चर्चा गर्दै उनले देखाएको मार्गदर्शनलाई पछ्याउँदै आफूहरू अघि बढ्न प्रयासरत रहेको बताएका छन् । पारिवारिक सम्बन्ध अर्थात् गणेश पण्डितका भान्जासमेत रहेका सङ्घीय सांसद तथा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक विचारमा एकता नभए पनि जिल्लाको विकास, असल तथा इमानदार राजनीतिज्ञ, शिक्षाप्रेमी तथा धार्मिक व्यक्तित्वको रूपमा उनले पु¥याएको योगदानको स्मरण गरे ।
माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले वामपन्थी नेता गणेश पण्डितले पु¥याएको योगदानलाई अनुशरण गर्दै अघि बढेकाले उनले पूरा गर्न बाँकी रहेका विकास निर्माणलगायतका अभियानलाई आफूले अघि बढाउने प्रतिबद्धता जनाएका छन् । सो कार्यक्रममा स्वर्गीय गणेश पण्डितले नुवाकोटको राजनीतिमा पु¥याएको योगदान अभिभावकत्व ग्रहण गर्न लायकको रहेकाले उनीप्रति आफू सदैव प्रभावित रहँदै आएको नेकपा माओवादी केन्द्रको नेता तथा प्रतिनिधिसभा सदस्य विमला सुवेदीले बताइन् । वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको जन्म २००३ साल साउन ३० गते भएको थियो भने ०७५ साल फागुन २१ गते ७२ वर्षको उमेरमा हृदयाघातको कारण निधन भएको थियो ।

Suzuki New Bike & Scooter

नुवाकोटका लागि मात्र नभई नेकपा एमाले र विशेष गरेर वामपन्थी आन्दोलनको अगुवा व्यक्तित्व गणेश पण्डितले शिक्षा, विकास निर्माण, धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका थिए । नेकपा एमालेको नेता भए पनि जीवनको अन्तरालमा आइपुग्दा उनले सक्रिय राजनीतिबाट विश्राम लिएका थिए । गणेश पण्डितको सालिक स्थापना कार्यक्रममा बागमती प्रदेश सभा सदस्य राधिका तामाङ, काङ्ग्रेस नेता तथा संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, वरिष्ठ चिकित्सक डा. केदारनरसिंह केसी, प्रतिनिधिसभाका पूर्वसांसद तथा एमालेका नेता नारायणप्रसाद खतिवडा, पूर्वमन्त्री एवम् बागमती प्रदेश सभाका निवर्तमान सदस्य तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह