+
Search

ताजा अपडेट +

पपुलर +

रेडियो चिम्टेश्वरकी कोषाध्यक्ष शक्तिमाया सम्मानित

रेडियो चिम्टेश्वरकी कोषाध्यक्ष शक्तिमाया सम्मानित
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोटमा सञ्चालनमा रहेको रेडियो चिम्टेश्वरको सञ्चालक समितिकी कोषाध्यक्ष एवम् स्टेसन इन्चार्ज शक्तिमाया तामाङ १६औँ गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारबाट प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छिन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

१६औँ गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रममा नुवाकोटमा बसेर एक दशकभन्दा बढी समयदेखि क्रियाशील रहेकी पत्रकार शक्तिमाया प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी हुन् । नुवाकोटमा बसेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी उनले रेडियो चिम्टेश्वरसहित बिबिसी नेपाली सेवामा नुवाकोट, रसुवा र धादिङ कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै समाज रूपान्तरणमा अनुकरणीय योगदान पु¥याएको भन्दै उच्च मूल्याङ्कनको साथ प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको बागमती प्रदेशका सञ्चार रजिस्ट्रार एवम् पुरस्कार छनोट समितिका संयोजक रेवतीप्रसाद सापकोटाले जानकारी दिए । पत्रकार शक्तिमाया तामाङलाई प्रदेश गौरव पत्रकारिता सम्मानपत्रसहित नगद २० हजार पुरस्कारसमेत प्रदान गरिएको छ । प्रदेश गौरव सम्मानपत्र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

Suzuki New Bike & Scooter

उक्त अवसरमा विकास पत्रकारिता पुरस्कारबाट चितवनका अनिल ढकाल, बागमती पत्रकारिता पुरस्कारबाट दोलखाका प्रभु जिरेल, अग्रज पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकका सुरेश कसजू, ग्रामीण पत्रकारिता पुरस्कारबाट मकवानपुरका शिवकुमार रिजाल र प्रदेश युवा पत्रकारिता पुरस्कारबाट सिन्धुलीका विक्रम रत्नलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह