साधारणसभा तथा अधिवेशन सम्पन्न

  • त्रिशूली प्रवाह
  • १८ जेष्ठ २०८०, बिहीबार १३:१९

विदुर, सामाजिक अभियान सञ्चालन गर्दै आएको सचेतन सामुदायिक सिकाइ केन्द्रको १७औँ साधारणसभा तथा अधिवेशन जेठ १३ गते शनिबार सम्पन्न भएको छ ।

समाज सचेतन केन्द्रको सभाहल विदुरमा सम्पन्न अधिवेशनले कृष्ण दाहालको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ । सचेतन सामुदायिक सिकाइ केन्द्र रहेको वडाको अध्यक्ष विधानअनुसार पदेन सदस्य रहने व्यवस्था रहेको छ । सोहीअनुसार विदुर नगरपालिकाका-४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, शिक्षकबाट शिवकुमार मिश्र, समाजसेवीबाट सुजनकुमार श्रेष्ठ, गैरसरकारी संस्थाबाट सुनिल श्रेष्ठ, निर्वाचित महिलाको तर्फबाट देवकी बोगटी र रामदेवी श्रेष्ठ, मनोनीत शर्मिला पन्त र दिलमाया श्रेष्ठ चयन भएका छन् । त्यसैगरी, विद्यालय स्रोतव्यक्ति एक र समुदाय परिचालकको तर्फबाट सदस्यसचिवमा बिना खाती रहने गरी व्यवस्थापन समिति चयन भएको केन्द्रको संस्थापक यमकुमार खातीले जानकारी दिए ।