+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो पालिका अध्यक्ष कपको उपाधि ठाँडेलाई

दोस्रो पालिका अध्यक्ष कपको उपाधि ठाँडेलाई
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, १६औँ गणतन्त्र दिवसको अवसरमा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेमा सम्पन्न भएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताका उपाधि रिसाङ भूमि युवा क्लब ठाँडेले हात पारेको छ । प्रतियोगिताको विजयी रिसाङ भूमि युवा क्लबले सिल्ड र नगद दुई लाखसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

प्रतियोगितामा जुनतारा युवा क्लब ग्रे दोस्रो भएर नगद एक लाख ५० हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी, तृतीय स्थान सुरक्षित गर्ने यार्सा युवा टिमले एक लाख नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । गोसाइँकुण्ड गाउँपालिकाको आयोजनामा ‘जलविद्युत्, पर्यटन, रसुवागढी नाका, पूर्वाधार, शिक्षा सु-संस्कृत र समृद्ध गोसाइँकुण्ड, लाङटाङ हाम्रो सदीक्षा’ भन्ने मूल नाराका साथ जेठ १२ गतेबाट सुरु भई जेठ १५ गते सम्पन्न भएको दोस्रो पालिका अध्यक्ष कप भलिबल प्रतियोगितामा बृहत् सांस्कृतिक कार्यक्रमसमेत भएको थियो । समापनको दिन भएको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका मेलिना राईको साथमा चर्चित मेन्दोमाया गायक सागर एस वाइवा, आरम्ब तामाङ र स्थानीय मेन्दोमाया गायक शिशिर थोकरले बेजोड साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेको आयोजकले जानकारी दिएका छन् ।

Suzuki New Bike & Scooter

गणतन्त्र दिवसलाई लक्षित गरी खेलाइएको दोस्रो पालिका कप भलिबल प्रतियोगिताको समापनमा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे, उपप्रमुख विजय लामा, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ तामाङ र पालिकाका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह