+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीलाई आत्मरक्षा तालिम

विद्यार्थीलाई आत्मरक्षा तालिम
त्रिशूली प्रवाह
३ साल अगाडी

माझीटार, रुम टु रिड पढ्नका लागि कोठा बालिका शिक्षा कार्यक्रम नुवाकोटले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर विदुर नगरपालिका- ५ को च्वाडी पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीलाई आत्मरक्षा तालिम दिएको छ । विद्यालयका कक्षा १० का ३० जना छात्रा र ३८ जना छात्रलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी वरिष्ठ नायव निरीक्षक अञ्जना रेग्मी, प्रहरी जवान कृष्ण विश्वकर्मा, सबिना चौधरी र उमा थापामगरले आत्मरक्षा तालिम दिएका थिए ।

Utsuk Books & Stationery
Satkar Machinery Center

जिल्ला प्रहरी कार्यालय नुवाकोटको सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर आत्मरक्षा तालिम दिएको रुम टु रिड पढ्नका लागि कोठा नुवाकोटका वरिष्ठ कार्यक्रम सहायक अर्चना चौधरीले बताइन् । नुवाकोट जिल्लामा विद्यमान सामाजिक समस्याको रूपमा रहेको विभिन्न विकृति तथा विसङ्गतिविरुद्ध जनचेतना फैलाउन, सुरक्षा व्यवस्थामा जनसहयोग गर्न विद्यालयस्तरमा दिएको आत्मरक्षा तालिम उपयोगी हुने प्रहरी वरिष्ठ नायव निरीक्षक अञ्जना रेग्मीले बताइन् । यसैगरी रुम टु रिड बालिका शिक्षा कार्यक्रमले जीवनोपयोगी सीप र मेन्टोरिङ तालिम विद्यालयस्तरमै रही हाल विदुर नगरपालिकामा-८, बेलकोटगढी नगरपालिकामा-२, लिखु गाउँपालिका-१ र पञ्चकन्या गाउँपालिकाको १ गरी १२ वटा सरकारी विद्यालयमा सञ्चालन गरिरहेको रूम टु रिड पढ्नका लागि कोठा कार्यक्रमले जानकारी दिएको छ । तालिम बालबालिकालाई समस्या पर्दा आफू सुरक्षित रहन सकून् भन्ने उद्देश्यका लागि आत्मरक्षा तालिम प्रहरीसँग समन्वय गरी गरिएको वरिष्ठ कार्यक्रम सहायक चौधरीले बताइन् ।

Suzuki New Bike & Scooter

आत्मरक्षा तालिम साथै साइबर सुरक्षा, लागुऔषध दुव्र्यसनी तथा ओसार-पसार नियन्त्रण, साइबर सुरक्षा, आत्महत्या न्यूनीकरणसम्बन्धी प्रशिक्षणलगायतका प्रशिक्षण कार्यक्रम प्रहरीसँगको साझेदारीमा बालिका शिक्षा कार्यक्रम लागू भएका विद्यालयमा सञ्चालन गर्ने उनले बताइन् । बालबालिकालाई यस्ता किसिमको तालिमले सचेत र सुरक्षित रहन मद्दत पुग्ने हुँदा तालिम निकै प्रभावकारी रहेको कुरा च्वाडी पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक टीका खरेल, बालिका शिक्षा कार्यक्रमका सम्पर्क शिक्षक तथा च्वाडी पब्लिक माध्यमिक विद्यालय विनपा-५ माझीटार नुवाकोटका शिक्षक सुलोचना श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह