तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार ११:४२
Buddha Eyes

केन्द्र सरकारले लगानी पलायन बजेट ल्याएको चर्चा भइरहेको बेला स्थानीय सरकार बजेट बनाउन तल्लीन ! स्थानीय सरकारलाई बेरुजुको चाङले थिचिरहेको अवस्थामा बजेट बनाउँदा बेरुजु, बेथिति, पारदर्शिता र सुशासनले स्थान पाउला कि नपाउला भन्ने चिन्तामा जिल्ला समन्वय प्रमुख । सङ्घीयताले समन्वय गर्ने जिम्मा जिल्ला तहमा स्वास्थ्य, कृषि, शिक्षा अफिसलाई दिए पनि पालिकाका एकाइ लगामबिनाको घोडा बन्दा सम्बन्धित कार्यालय हिस्स ! सेवाग्राहीको आशा र अपेक्षा प्राथमिकतामा नपर्दा लक्ष्य र प्रगति दूर ! मासिक विवरण स्वास्थ्य कार्यालयमा नपुग्दा खोपको अवस्था नाजुक ! तलब-भत्ता र अन्य सुविधा पालिकाबाटै हुँदा स्वास्थ्य कार्यालयको समन्वयको जिम्मेवारी ट्वाँ !