बालविकास सहजकर्तालाई मन्टेसरी तालिम

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार ११:५२

धुन्चे, गोसाइँकुण्ड गाउँपालिकाभित्रका विद्यालयका २० जना बालविकास शिक्षकलाई पाँचदिने मन्टेसरी तालिम गत हप्ता सम्पन्न भएको छ ।

जेठ १३ देखि १७ गतेसम्म सञ्चालन भएको उक्त तालिम गोसाइँकुण्ड गाउँपालिका र शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजनामा गरेको हो । १३ गते शिक्षा विकास तथा समन्वय एकाइमा १४ र १५ गते रसुवा माविमा, १६ र १७ गते भीमसेन आधारभूत विद्यालय भार्खुमा तालिम भएको थियो । मन्टेसरी तालिममा बालबालिकालाई कसरी पढाउने, कसरी विद्यार्थीको ध्यान आफूतिर आकर्षित गराउने, विद्यालयमा कसरी विद्यार्थी आकर्षण हुन्छन्, विद्यालयमा विद्यार्थी रमाउने वातावरण कसरी बनाउने भन्ने उद्देश्यले शिक्षकलाई तालिम दिइएको आयोजकले जनाएको छ ।