नुवाकोटमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार १२:०१

विदुर, केन्द्रीय तथ्याङ्क विभागले १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । तथ्याङ्क कार्यालय नुवाकोटले विभागको निर्देशनमा जनगणना ०७८ को जिल्लास्तरीय नतिजा गत हप्ता सार्वजनिक गरेको छ । जनगणनाको नतिजाअनुसार नुवाकोट जिल्लामा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ । नुवाकोटमा महिलाको सङ्ख्या एक लाख ३४ हजार तीन सय ९३ रहेको छ भने पुरुषको सङ्ख्या एक लाख २८ हजार नौ सय ९८ पुगेको छ ।

तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार नुवाकोटका ११ हजार पाँच सय ९९ पुरुष र तीन हजार पाँच सय २८ महिला गरी कुल १५ हजार एक सय २७ जना विदेशमा रहेका छन् । उक्त तथ्याङ्कअनुसार नुवाकोटको विदुर नगरपालिकामा सबैभन्दा बढी र म्यागङ गाउँपालिकामा सबैभन्दा कम जनसङ्ख्या रहेको छ । नुवाकोटको जनसङ्ख्या १० वर्षअघि भन्दा ०.५१ प्रतिशतले घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नतिजाअनुसार नुवाकोटको जनसङ्ख्या घटेर दुई लाख ६३ हजार चार सय ९१ पुगेको छ । ०६८ सालको जनगणनाअनुसार नुवाकोटको कुल जनसङ्ख्या दुई लाख ७७ हजार चार सय ७१ रहेको थियो । हाल जिल्लामा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ । नुवाकोट महिलाको सङ्ख्या एक लाख ३४ हजार तीन सय ९३ रहेको छ भने पुरुषको सङ्ख्या एक लाख २८ हजार नौ सय ९८ पुगेको छ । अघिल्लो जनगणनाअनुसार नुवाकोटको जनसङ्ख्या १४ हजार चार सय ९० ले घटेको हो । नुवाकोटको वार्षिक वृद्धिदर ०. ५ प्रतिशत ऋणात्मक रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

सार्वजनिक भएका राष्ट्रिय जनगणना ०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा ६८ हजार ६ सय ७९ परिवार सङ्ख्या रहेको छ । जसअनुसार बेलकोटगढी नगरपालिकामा नौ हजार दुई सय ४४, विदुर नगरपालिकामा १३ हजार नौ सय ११, दुप्चेश्वर गाउँपालिकामा पाँच हजार २३, ककनी गाउँपालिकामा ६ हजार १२, किस्पाङ गाउँपालिकामा तीन हजार आठ सय ५३, लिखु गाउँपालिकामा चार हजार तीन सय ७४, म्यागङ गाउँपालिकामा तीन हजार पाँच सय ९५ घरसङ्ख्या रहेको छ । यस्तै, पञ्चकन्या गाउँपालिकामा तीन हजार पाँच सय ३९, शिवपुरी गाउँपालिकामा चार हजार सात सय ९५, सूर्यगढी गाउँपालिकामा तीन हजार सात सय ७६, तादी गाउँपालिकामा तीन हजार आठ सय ६७ र तारकेश्वर गाउँपालिकामा तीन हजार सात सय ३५ घर सङ्ख्या रहेको छ । तथ्याङ्कअनुसार परिवारमा औसतमा करिब चारजना बस्ने गरेका छन् । राष्ट्रिय जनगणना ०७८ को प्रारम्भिक नतिजाअनुसार नुवाकोटको १२ स्थानीय तहमध्ये विदुर नगरपालिकामा सबैभन्दा धेरै जनसङ्ख्या रहेको छ । यस्तै, नुवाकोट जिल्लामा ६ हजार नौ सय ३९ जनामा विभिन्न १२ प्रकारका अपाङ्गता भएका व्यक्ति रहेका छन् । सार्वजनिक भएको तथ्याङ्कअनुसार जिल्लामा ६९.०७ प्रतिशत साक्षर रहेको बताइएको छ । जनगणना ०७८ ले अन्य तथ्याङ्कलाई समेत विश्लेषण गरेको छ । जसअनुसार खानेपानीको स्रोतलाई हेर्दा २४ हजार ९९ जनाको घरमा व्यक्तिगत धारा जडान भएको देखिएको छ । घरपरिसरभन्दा बाहिर धारा रहेकाको परिवारको सङ्ख्या ३६ हजार एक सय ६१ रहेको छ ।