+
Search

ताजा अपडेट +

पपुलर +

आठजना मिटरब्याजपीडितको उजुरी

आठजना मिटरब्याजपीडितको उजुरी
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोटमा अनुचित लेनदेन (मिटरब्याज) पीडित आठजनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुईपटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि नुवाकोटका आठजना पीडितले निवेदन दिएका हुन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

एकजनाले दुईवटा उजुरी दर्ता गराएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले पीडितबाट निवेदन माग गरेको थियो । निवेदन दर्ता गराउनेमा वार्षिक ३६ प्रतिशत ब्याज तिर्ने सर्तमा जग्गा धितो पारित गराउने (दृष्टिबन्धक) गरेको, ऋण तिरेपछि जग्गा फिर्ता नगरेको, ऋणभन्दा बढीको कागज गराएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, जग्गा आफ्नो नाममा पारित गरेकोलगायतका उजुरी दर्ता भएको प्रजिअ थापाले बताए । जिल्लाबाट उजुरी दर्ता गर्ने कार्य सम्पन्न भइसकेको छ । प्राप्त उजुरीबारे जिल्लास्तरीय समितिको बैठक बसेर विपक्षी झिकाउने र प्रमाण जुटाउने कार्य भइरहेको प्रजिअ थापाले जानकारी दिए । जिल्लामा मिटरब्याजपीडित कार्यान्वयन समिति प्रजिअ संयोजक, प्रहरी प्रमुख, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाको प्रतिनिधि र पीडितको प्रतिनिधि एकजना सदस्य रहने व्यवस्था रहेको छ । नुवाकोटको १२ पालिकामध्ये विदुर नगरपालिकाबाट तीन, बेलकोटगढी नगरपालिकाबाट एक, पञ्चकन्या गाउँपालिका, ककनी गाउँपालिकका, लिखु गाउँपालिका र तारकेश्वर गाउँपालिकाबाट एक-एकजनाले उजुरी दर्ता गरेका छन् । लिखुका एकजनाले दुईवटा उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । जिल्लास्तरीय समितिको पहिलो बैठक गत बिहीबार बसेर विदुरको उजुरीको छानबिन गर्दै विपक्षीलाई झिकाउने पत्राचार भएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह