+
Search

ताजा अपडेट +

पपुलर +

लिखुको सार्वजनिक सुनुवाई सम्पन्न

लिखुको सार्वजनिक सुनुवाई सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी

चौघडा, आर्थिक वर्ष २०७९/०८० को हालसम्म लिखु गाउँपालिकाको कार्यालय नुवाकोटबाट सम्पादित कार्य तथा सेवा, सुविधा प्रवाहको बारेमा बुधबार वडा नं.-४ को कार्यालय चौघडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

Utsuk Books & Stationery

युवा सञ्चार नेपाल (रेडियो चिम्टेश्वर) को सहजीकरणमा सम्पन्न कार्यक्रममा उठेका प्रश्नको जवाफ, पालिकाले चालु आ.व.मा सम्पादित कार्य तथा सेवा, सुविधा प्रवाहको बिस्तृत जानकारी पालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकरकुमार साह, पालिका प्रमुख धुव्र श्रेष्ठ, उपप्रमुख सुभद्रा अधिकारी उप्रेतीले दिनुभएको थियो । पालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममा आगामी बजेटको बारेमा सल्लाह, सुझाव समेत संकलन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह