मुख्यमन्त्री जनस्वास्थ्य कार्यक्रम शुरू

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार १४:११

धुन्चे, रसुवा जिल्लामा रहेको आयुर्बेद स्वास्थ्य केन्द्रले मुख्यमन्त्री जनस्वास्थ्य कार्यक्रम अन्तरगत परीक्षण निदान, परामर्श र उपचार सेवा थालनी गरेको छ ।

मुख्यमन्त्री जनस्वास्थ्य कार्यक्रम संयोजक वरिष्ठ बैध शंकरप्रसादका अनुसार जेठ दुई गतेबाट असार मसान्तसम्म हरेक हप्ताको मंगलबार निःशुल्क तौल नाप, मधुमेहलगायत सर्ने रोगबाहेकका नसर्ने रोगको चेकजाँच गरिने छ । चार हप्तामा जिल्लाका ८६ जनालाई उपचार समेत गरिसकिएको छ । स्थानीय जनतालाई बिस्तारै आयुर्वेदिक उपचार पनि महत्वपूर्ण छ भन्ने सन्देश दिनलाई यो कार्यक्रम लागू गरिएको कार्यक्रम संयोजक एवं वरिष्ठ बैध शंकरप्रसादले जानकारी दिनुभयो । यो उपचार पद्धति राम्रो र गुणस्तरीय लागेर उपचार गर्न आयुर्बेद केन्द्र गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनु भयो ।