+
Search

ताजा अपडेट +

पपुलर +

वडाध्यक्षको निधन

वडाध्यक्षको निधन
त्रिशूली प्रवाह
३ साल अगाडी

रानीपौवा, नुवाकोटको ककनी गाउँपालिका-२ का वडाध्यक्ष तिलकबहादुर लामाको बुधबार निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडांैतर्फ लैजाँदै गर्दा ४४ वर्षीय लामाको बुधबार बिहान निधन भएको हो । उनको दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि डाइलाइसिस गराइरहेका थिए ।

Satkar Machinery Center
Utsuk Books & Stationery

गत वर्ष ०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनी नेपाली काङ्ग्रेसको तर्फबाट ककनी गाउँपालिका-२ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका लामा नेपाली काङ्ग्रेस नुवाकोटको क्षेत्र नम्बर १ को प्रदेश ‘ख’को सदस्यको जिम्मेवारीमा रहेका थिए । वडाध्यक्ष लामाको निधनमा बुधबार ककनी गाउँपालिकाले गाउँपालिकाको कार्यालयसहित मातहतमा रहेका शाखा, सेवा केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थामा शोक बिदा दिने कार्यपालिकाको आकस्मिक बैठकले निर्णय गरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए । रेन्बो ट्राउट माछापालन व्यवसायमा समेत एक दशक सक्रिय लामाको बुधबारै अन्तिम संस्कार गरिएको छ । पालिकाले लामालाई श्रद्धाञ्जली व्यक्त गर्न पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई गाउँपालिकाले शोक वक्तव्यमार्फत अपिल गरेको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह