शिव मन्दिर निर्माण सम्पन्न

  • त्रिशूली प्रवाह
  • १ असार २०८०, शुक्रबार १३:३५

विदुर, नुवाकोटको विदुर नगरपालिका-२ शिवालय टोल विदुरमा स्थानीयको सक्रियतामा शिव मन्दिर निर्माण सम्पन्न भएको छ । विदुर नगरपालिका-२ को आ.व. ०७९/८० को स्वीकृत कार्यक्रम र बजेटअनुसार पाँच लाख रुपैयाँ सहयोगबाट स्थानीयले मन्दिर निर्माण गरेका हुन् ।

मन्दिरको गत चैत ४ गते विदुर नगरपालिका-२ का अध्यक्ष दीपक कायस्थले शिलान्यास गरेका थिए । मन्दिर निर्माण गर्न निकेश सापकोटाको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । उपभोक्ता समितिका उपाध्यक्षमा ईश्वर श्रेष्ठ, सचिवमा राजेश रानामगर, कोषाध्यक्षमा अञ्जना गुरुङ र सदस्यमा सुधा श्रेष्ठ, विशाखा देउला, सुमित्रा विक, देवी श्रेष्ठ र शिव थापा रहेका छन् । निर्माण सम्पन्न भएपछि बुधबार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, वडा नं.-२ का अध्यक्ष दीपक कायस्थ, विदुर नगरपालिका-२ की वडासदस्य गीता तिमिल्सना, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ उपस्थित भई मन्दिरको प्राणप्रतिष्ठा रुद्री, होमसहित पूजापाठ सम्पन्न भएको छ । मन्दिरमा पूजापाठसहित ज्योतिर्लिङ्ग मूर्ति स्थापना गरिएको छ । उक्त प्राण-प्रतिष्ठा र पूजा गर्न स्थानीयको बिहानदेखि नै सक्रिय उपस्थिति रहेको उपभोक्ता समितिको अध्यक्ष निकेश सापकोटाको बताए ।