+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा घुमन्ते तथा पोके व्यापारीलाई निषेध

नुवाकोटमा घुमन्ते तथा पोके व्यापारीलाई निषेध
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोटमा जेठदेखि घुमन्ते तथा पोके व्यापारीलाई प्रवेश निषेध गरिएको छ । व्यापार-व्यवसाय गर्दा कर कार्यालय, स्थानीय पालिकामा दर्ता अनिवार्य गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको भए पनि नुवाकोटमा कहीँ-कतै दर्ता नगरी व्यापार गर्ने घुमन्ते तथा पोके व्यापारीलाई नुवाकोट उद्योग वाणिज्य सङ्घले निगरानी र कारबाही थालेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सङ्घले घुमन्ते तथा पोके व्यापारी नियन्त्रण गर्न वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीको संयोजकत्वमा उपसमिति गठन गरी जिल्ला भित्र्निे नाकामा निगरानी बढाएको छ । उक्त उपसमितिमा सङ्घका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष सविन राजभण्डारी, प्रवक्ता सुमन भण्डारी, कार्यसमितिका सदस्य हरिकृष्ण तिमिल्सना, सविन श्रेष्ठ र शिव लामिछाने सदस्य रहेका छन् । त्यसैगरी, उक्त उपसमितिको अन्य सदस्यमा मदिरा व्यवसायी सङ्घबाट राजु बोगटी र भानु पाण्डे, मोबाइल व्यवसायी सङ्घबाट गोकुल श्रेष्ठ, सुरेश अर्याल, प्रदीप अर्याल, प्लास्टिक व्यवसायी सङ्घबाट विष्णुराज गिरी, कपडा तथा फेन्सी व्यवसायी सङ्घबाट ओमराज अमात्य, चतुरमान श्रेष्ठ, राजकुमार तामाङ, मेडिकल व्यवसायी सङ्घबाट निरन जिसी, राजेन्द्र पौडेल र खाद्य तथा किराना व्यवसायी सङ्घबाट अशोक कलवार रहेका छन् । सङ्घले जेठ १ गतेदेखि जिल्ला प्रवेश गर्ने नाका बेलकोटगढी नगरपालिकाको कोल्पुटार, शिवपुरी गाउँपालिकाको गुर्जेभञ्ज्याङ-लिखु गाउँपालिकाको छहरेबजारमा मोबाइल गस्ती गरेर ३५ जना घुमन्ते तथा पोके व्यवसायीलाई नियन्त्रणमा लिएर कारबाही गरेको वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । जिल्लामा बिल नभएका खाद्य किराना, गुट्खा, तयारी कपडा, प्लास्टिक, हार्डवेयर, खाद्यान्न, आइसक्रिम, हरपिक, फिनेललगायतका सामान ल्याउने गरेकोसमेत उनले बताए । पोके र घुमन्ते व्यापार गर्नेले अखाद्य, गुणस्तरहीन र म्याद गुज्रिएका सामान ल्याउने गरेको गस्ती गर्दा पाइएको उनले जानकारी दिए ।

Suzuki New Bike & Scooter

आर्थिक मन्दीले व्यापार-व्यवसाय न्यून भएको अहिलेको अवस्थामा पोके र घुमन्ते व्यवसाय गर्नेबाट आजित र पीडित रहेका व्यवसायीको उजुरीको आधारमा सङ्घले घुमन्ते तथा पोके व्यापारी नियन्त्रण गर्न लागिपरेको सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । सङ्घले सामानको प्यान र भ्याट बिल नभएका सामान ल्याउनेलाई पहिलोपटक सचेत गराएर फिर्ता गर्ने, तर अटेर गरी यस्ता सामान फेरि ल्याउने व्यापारीलाई जरिवाना गर्ने गरेकोसमेत उनले बताए । सङ्घले नुवाकोट प्रवेश गर्ने नाकामा स्थानीय व्यवसायीसहित निगरानी गर्न कर्मचारी नै खटाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह