+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरगयाको ६ वटै वडामा विपत् प्रतिकार्य प्रशिक्षण सम्पन्न

उत्तरगयाको ६ वटै वडामा विपत् प्रतिकार्य प्रशिक्षण सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवा जिल्ला र लामटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना विष्णु दल गणले आयोजना गरेको विपत् प्रतिकार्यसम्बन्धी नौदिने प्रशिक्षण समापन भएको छ । जिल्लाको उत्तरगया गाउँपालिकाको ६ वटै वडामा विपत्सम्बन्धी कार्य गर्ने गरी तोकिएको सम्पर्क व्यक्तिलाई सेनाले प्रशिक्षण दिएको थियो ।

Utsuk Books & Stationery

उत्तरगया गाउँपालिकाको आयोजनामा विपत् व्यवस्थापन समिति र स्थानीय विपत् व्यवस्थापन समिति सहयोग तथा प्रतिबद्ध, पिपुलई, निड, सिएसआरसी, कधल, सेभ द चिल्ड्रेनको सहकार्यमा गाउँपालिका प्रमुख माधव अर्यालले तालिमको शुभारम्भ जेठ १७ गते बुधबार गरेका थिए । तालिम २५ गते बिहीबार सम्पन्न भएको थियो । नेपालमा हुन सक्ने भूकम्प, बाढी, पहिरो, महामारी, खडेरी, हिमाल विस्फोटन, आगलागी, आँधीबेरी, चट्याङ तथा दुर्घटनालाई न्यूनीकरण गर्न तथा विपत् भएको अवस्थामा त्यसको उद्धार तथा प्रतिकार्यका लागि अपनाउनुपर्ने सजगताबारे नौ दिन प्रशिक्षण दिएको थियो । स्थानीय तहले विपत्को समयमा नागरिकको जनधनको सुरक्षाका लागि अपनाउनुपर्ने कुराबारे नेपाली सेनाले दिएको प्रशिक्षण महत्वपूर्ण र उपलब्धिमूलक भएको पालिका अध्यक्ष माधव अर्यालले बताए ।

गाउँपालिकाको ६ वटै वडामा वडाध्यक्षसहित अन्य ३० जना व्यक्तिको समूह बनाई ९० जनाले ६ वटा वडामा तीन दिन एक वडामा, तीन दिन अर्काे वडामा विपत् प्रतिकार्य प्रशिक्षण गराइको थियो । १९ गते गाउँपालिकाको कार्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्दा एक सय ६० जनाले विभिन्न रोगको उपचार पाए भने २४ गते डाँडागाउँमा भएको शिविरमा सयजनाले निःशुल्क स्वास्थ्य जाँच गराएका थिए । १९ गते सेनाले मैलुङमा डेमोमार्फत विपत्का समयमा पर्ने कुरा स्थानीयलाई अभ्यासमार्फत देखाएको थियो । अभ्यासमार्फत विपत् न्यूनीकरण गर्ने उद्देश्यअनुरूप आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा तालिमप्राप्त व्यक्तिबाट अभ्यास गराइएको थियो । प्राथमिक उपचारका साथै उद्धार, विपत्अघि र विपत्पछि गर्ने कार्यबारे जानकारी गराइने र सिकेको सिकाइलाई स्थानीयस्तरमा भएका स्रोत र साधनको प्रयोग गरी र उद्धारका लागि अभ्यास गराई समापन भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह