+
Search

ताजा अपडेट +

पपुलर +

निःशुल्क सुरक्षित गर्भपतन सेवा शुभारम्भ

निःशुल्क सुरक्षित गर्भपतन सेवा शुभारम्भ
त्रिशूली प्रवाह
२ साल अगाडी

स्याफ्रुबेँसी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ मा रहेको स्याफ्रुबेँसी स्वास्थ्यचौकीमा १० हप्तासम्मको गर्भलाई निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङले उक्त स्याफ्रुबेँसी स्वास्थ्यचौकीमा औषधिबाट गरिने १० हप्तासम्मको सुरक्षित गर्भपतन सेवाको शुभारम्भ जेठ ३० गते गरेकी थिइन् । गर्भपतन सेवाका लागि आवश्यक पर्ने औषधि, उपकरण, सूचीकृत प्रमाणपत्र, स्वास्थ्यचौकी व्यवस्थापनका अध्यक्ष दावामिग्मार तामाङ तथा स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्नुका साथै उपाध्यक्ष तामाङले ब्यानरमा रिबन काटी सेवाको सुरुवात गरेकी हुन् । औषधिबाट गरिने १० हप्तासम्मको सुरक्षित गर्भपतन सेवा स्वास्थ्यचौकीबाट गोपनीयताको साथ निःशुल्क प्रदान गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह