+
Search

ताजा अपडेट +

पपुलर +

ट्राफिक सचेतना कार्यक्रममा दही वितरण

ट्राफिक सचेतना कार्यक्रममा दही वितरण
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोट र रसुवा जिल्लामा सञ्चालन भइरहेको टिमुरे बस तथा मिनीबस यातायात प्रा.लि.ले दुर्घटना न्यूनीकरण गर्न विदुरमा ट्राफिक चेतना कार्यक्रम गत शुक्रबार सम्पन्न गरेको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारीचालक, सवारीधनी र सर्वसाधारणलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रममा चिसो दहीसमेत वितरण गरिएको थियो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

जिल्ला ट्राफिक कार्यालयको समन्वयमा सडक सुरक्षा, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको टिमुरे बस तथा मिनीबस यातायात प्रा.लि.का अध्यक्ष प्रकाश जोशीले बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक सचेतनासहित बढ्दो गर्मीमा शीतलता प्रदान गर्न यात्रु, चालक, सहचालकलगायतलाई निःशुल्क दही वितरण गरिएको उनले बताए । विदुर नगरपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा दुर्घटना न्यूनीकरणका लागि चालक, स्थानीय, अभिभावक, युवा सबै एकजुट भएर लाग्नुपर्नेमा उनहरूले जोड दिए । यस्ता कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनीकरण गर्न मद्धत पुग्ने जिल्ला ट्राफिक कार्यालयले अपेक्षा गरेको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह