गैसस महासङ्घ रसुवाको जिम्मा खतिवडालाई

  • त्रिशूली प्रवाह
  • ७ असार २०८०, बिहीबार १५:५३
  • सरस्वती न्यौपाने

धुन्चे, गैरसरकारी संस्था महासङ्घ जिल्ला शाखा रसुवाको पाँचौँ जिल्ला अधिवेशन असार २ गते कालिकास्थानमा सम्पन्न भएको छ । उक्त अधिवेशनबाट महासङ्घको जिल्ला अध्यक्षमा हेमनाथ खतिवडा सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा राधिका न्यौपाने, सचिवमा रितमान वाइबा, सहसचिवमा विष्णुबहादुर लो लामा, कोषाध्यक्षमा गायत्री लामिछाने र सदस्यमा उमेश भट्टराई, गम्भीरमान लो निर्वाचित भएका छन् । गैरसरकारी संस्था महासङ्घको हकहित र संस्थाको राम्रो र नराम्रो पक्षमा सुधार गर्दै आगामी दिनमा सल्लाह, सुझावसहित अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष खतिवडाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । खतिवडा दुई दशकदेखि रसुवाको सामाजिक परिवर्तनका लागि सक्रिय छन् ।