+
Search

ताजा अपडेट +

पपुलर +

कुखुरापालन तालिममा चल्ला वितरण

कुखुरापालन तालिममा चल्ला वितरण
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, मानव अधिकारका लागि महिला एकल महिला संस्था नुवाकोटको आयोजनामा विदुर नगरपालिकाको आर्थिक सहयोगमा विदुर नगरपालिकाका २६ जना एकल महिलाका लागि आयमूलक दुईदिने कुखुरापालनसम्बन्धी प्रशिक्षणसँगै चल्ला वितरण गर्ने कार्य सम्पन्न भएको छ ।

Utsuk Books & Stationery

विदुरमा ०८० असार ५ र ६ गतेसम्म सञ्चालन भएको उक्त तालिमको समापन मानव अधिकारका लागि महिला एकल महिला संस्था नुवाकोटका अध्यक्ष गंगा बोगटीको अध्यक्षतामा भएको थियो । तालिम समापन कार्यक्रममा प्रमाणपत्रसहित कुखुराको चल्ला वितरणले केही मात्रामा भने पनि घरमै बसेर सानो व्यवसाय गर्न सहयोग पु¥याउने उद्देश्यले दाना र चल्ला वितरण गरिएको जानकारी मानव अधिकारका लागि महिला एकल महिला संस्था बागमती प्रदेश अध्यक्ष देवकी पौडेलले बताइन् । कार्यक्रमको समापनमा प्रमुख अतिथि तथा विदुर नगरपालिका नुवाकोटका उपप्रमुख प्रभा बोगटीले विदुर नगरपालिकाले एकल महिलालाई सीप आय-आर्जनमूलक कार्यक्रम अबको आर्थिक वर्ष ०८०÷८१ मा थप प्राथमिकतामा राखी गरिने जानकारी गराएकी थिइन् । उक्त कार्यक्रममा पशु प्राविधिक नवीन पुडासैनीले सहभागीलाई प्रशिक्षण प्रदान गरेका थिए भने एकल महिलामाथि हुने लैङ्गिक हिंसाविरुद्धको विषयमा रूपा थापाले प्रशिक्षण दिएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह