+
Search

ताजा अपडेट +

पपुलर +

बुढीगण्डकी आयोजनाको शिलान्यास गर्ने प्रधानमन्त्री दाहालको इच्छा

बुढीगण्डकी आयोजनाको शिलान्यास गर्ने प्रधानमन्त्री दाहालको इच्छा
त्रिशूली प्रवाह
२ साल अगाडी

गजुरी, सरकार विघटनको चर्चा शुरू भएसँगै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धादिङ जिल्लामा निर्माणको तयारीमा रहेको राष्ट्रिय गौरवको जलाशययुक्त जलविद्युत् आयोजना असारभित्र शिलान्यास गर्ने तयारी गर्न आयोजना पक्षलाई निर्देशन दिएका छन् ।

सरकार फेरबदल हुने हल्लासँगै प्रधानमन्त्री दाहालले जलविद्युत् आयोजनाको शिलान्यासको तयारी गर्न आयोजनालाई दबाब दिईरहेका छन् । भारत सरकारको आर्थिक अनुदानमा धादिङ जिल्ला गजुरी गाउँपालिका गजुरीबजारमा आर्दश बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन सभालाई सम्बोधन गर्दै उहाँले बुढीगण्डकी जलाशययुक्त आयोजना कार्यालय उद्घाटन र जलविद्युत् आयोजनाको शिलान्यास गर्ने तयारी रहेको बताए । आफुले अहिले गोरखाबाट प्रतिनिधित्व गरेको र धादिङसँग पनि बढी आवत-जावत हुने भएकाले बुढीगण्डकी बनाउन आफु आतुर रहेको उनले बताए । धादिङका भौतिक तथा आर्थिक विकासमा सहयोग गर्ने प्रधानमन्त्री दहालले सो कार्यक्रममा प्रतिबद्धता जनाउँदै बुढीगण्डकी आयोजना आफ्नै पालामा शुरू गर्ने बताए । उहाँले राजनीति भन्दा पनि बढी दुई जिल्लाको विकास निर्माणको बारेमा बोल्नुहुँदै आर्दश बहुमुखी क्याम्पसलाई विज्ञान अनुसन्धान विश्व विद्यालय बनाउन सहयोग गर्ने बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले विज्ञान प्रविधि विश्व विद्यालय बनाउन प्रस्ताव गरेपछि मुख्यमन्त्री शालिकराम जम्कटेल र सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पनि सहयोग गर्ने जनाएका छन् । सामुदायिक क्याम्पसलाई त्रिभुवन विश्व विद्यालय अनुदान आयोगले दिंदै आएको अनुदान रकम बढाउन समेत छलफल गर्ने उनीहरूले बताएका छन् ।

त्रिभुवन विश्व विद्यालय अनुदान आयोगले दिने अनुदान कम्तीमा पचास प्रतिशत हुनुपर्ने प्रधानमन्त्री समक्ष माग क्याम्पस सञ्चालक समितिका अध्यक्ष पाण्डेले प्रस्तुत गरे । आर्दश बहुमुखी क्याम्पस भवनमा आर्थिक सहयोग गरेको भारतीय राजदुताबासका प्रथम सचिव करुण वंशलले धादिङका धेरै परियोजना गरेको बताए । त्यसमध्ये आर्दश बहुमुखी क्याम्पस पनि एक हो । गजुरी क्याम्पसलाई सन २०१८ मा बस प्रदान गरेका छौं । आज भवन हस्तान्तरण गरेका छौं । आवश्यक सहयोग गरिरहने प्रमुख सचिव वंशलले बताए । क्याम्पसका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष तथा संघीय सांसद समेत रहेका राजेन्द्रप्रसाद पण्डेले आर्दश बहुमुखी क्याम्पसको भवन उद्घाटन प्रधानमन्त्रीबाट गराउन पाउनु गौरवको कुरा भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह