+
Search

ताजा अपडेट +

पपुलर +

सिस्नोको पाउडर बनाउने तालिम सम्पन्न

सिस्नोको पाउडर बनाउने तालिम सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, सामुदायिक वन उपभोक्ता महासङ्घ रसुवा जिल्लाको आयोजनामा उत्तरगया गाउँपालिका-१ करुम¥याङका कृषकलाई पाँचदिने सिस्नोको पाउडर बनाउने तालिम सम्पन्न भएको छ ।

Utsuk Books & Stationery

वडा नम्बर-१ करुम¥याङलगायत क्षेत्रका वनजङ्गल तथा घरआँगनमा प्रशस्त उत्पादन हुने सिस्नो स्थानीयले उपभोग गर्न नसक्दा खेर गइरहेको थियो । स्थानीय क्षेत्रमा अत्यधिक उत्पादन हुने सिस्नोलाई सङ्कलन गरी पाउडर धुलोको रूपमा उत्पादन गरी उद्यमशीलताको विकास गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता महासङ्घ रसुवाले असार ८ देखि १२ गतेसम्म तालिम दिएको थियो । तालिममा १७ जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागीलाई समेटेर सिस्नो पाउडर उत्पादन समूह अहिले गठन गरिएको छ । समूहको प्रबन्धकमा तान्ती तामाङ, उत्पादन प्रमुखमा वाङ्जी तामाङ, बजार प्रबन्धकमा रोजिना तामाङलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, उत्पादन सहायकमा सुबिमाया तामाङ, बजार सहायक मञ्जु घले, कार्यालय सचिवमा तिलक तामाङ, उत्पादन सदस्यमा गोम्बो तामाङ, सिंहबहादुर तामाङ, बुधे तामाङ, सम्भुना तामाङ, आयमाया तामाङ, कुमारी तामाङ, लाक्पा तामाङ, मेन्दो तामाङ, चरिमाया तामाङ, पद्मबहादुर तामाङ र सोमबहादुर तामाङलाई जिम्मेवारी तोकिएको फेकोफन रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह