+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो जिल्ला समन्वय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

दोस्रो जिल्ला समन्वय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी

बट्टार, दोस्रो जिल्ला समन्वय ब्याडमिन्टन प्रतियोगिता ०८० शनिबार सम्पन्न भएको छ । नुवाकोट जिल्ला समन्वय समितिको आयोजनामा गत बिहीबारबाट सञ्चालन भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगिता जिल्ला खेलकुद विकास समिति नुवाकोट र जिल्ला ब्याडमिन्टन सङ्घ नुवाकोटको प्राविधिक तथा व्यवस्थापनमा सञ्चालन भएको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

प्रतियोगितामा बी लेभल फाइनलमा नारायण दिवाली र रोशन अधिकारीको जोडी पहिलो भएको छ । यो जोडीले (२१-१८) र (२१-१०) सोझो सेटमा सुमित जोशी र विकास सिवाकोटीलाई पराजित गरी पहिलो भएको हो । यस्तै, ए लेभल फाइनल प्रोगेश श्रेष्ठ र विवेक जोशीको जोडी पहिलो भएको छ । यो जोडीले सुरज लामा र कुमार डङ्गोलको जोडीलाई २१-१८, २३-२१ र ११-८ सेटमा पराजित गरेको जिल्ला समन्वय समितिका कर्मचारी राजेन्द्र न्यौपानेले जानकारी दिए । फाइनलमा प्रोगेश श्रेष्ठ र विवेक जोशीको जोडीसँग सुरज लामा र कुमार डङ्गोलको जोडी भिडन्तको क्रममा पहिलो सेटमा कुमार डङ्गोल घाइते भएपछि खेल पूर्ण हुन नसक्दा प्रोगेश श्रेष्ठ र विवेक जोशीको जोडी पहिलो भएको घोषणा गरिएको थियो । प्रतियोगितामा ५५ टिमको सहभागिता रहेको थियो । कार्यक्रममा विजेतालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले खेलकुदको माध्यमबाट जिल्लालाई चिनाउन यस्ता खेलकुद प्रतियोगिता सञ्चालन हुनुपर्ने बताए ।

Suzuki New Bike & Scooter

समापन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले प्रतियोगिताले जिल्लाका ब्याडमिन्टन खेलको विकास र विस्तारमा योगदान पुग्ने अपेक्षा राखेको बताए । प्रतियोगिता संयोजक सम्झना सेढार्इंको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला समन्वय अधिकारी प्रकाश पौडेल, जिल्ला खेल खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष सन्तोष राई, नेपाली काङ्ग्रेस नुवाकोटका उपसभापति राजु थापा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी रमेश पण्डित, सशस्त्र प्रहरी बल नुवाकोटका प्रमुख डिएसपी उत्तम पुडासैनी, नुवाकोट ब्याडमिन्टन सङ्घका अध्यक्ष धनसिंह तामाङ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह