+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्ड निःशुल्क शिक्षा कार्यान्वयन पालिका

गोसाइँकुण्ड निःशुल्क शिक्षा कार्यान्वयन पालिका
त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाका पाँचवटा पालिकामध्ये गोसाइँकुण्ड गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा भएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्ने पहिलो पालिका भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

संविधानमा व्यवस्था भएअनुसार पालिकाभर अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन सुरु गरिएको छ । असार १५ गते अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरेर पालिकाले कार्यान्वयन थालेको हो । ६ वटै वडा कार्यालयलाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको गाउँपालिका अध्यक्ष कैसाङ तामाङले बताए । पालिकाभित्र रहेका बालबालिकाको विवरण सङ्कलन गरेर चार वर्ष पूरा भई १३ वर्ष उमेर पुगेका सबै बालबालिका विद्यालयको पहुँचमा रहेका कारण पालिकालाई घोषणा गरिएको अध्यक्ष तामाङले बताए । नेपालको संविधान २०७२ मा आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क हुने भनेर प्रस्ट व्यवस्था भएअनुरूप चार वर्ष पूरा भई १३ वर्ष उमेर पूरा नभएका बालबालिका विद्यालयमा नै रहेकाले पालिकाको शिक्षा समितिको निर्णयअनुसार अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्ने पालिकाले घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष तामाङका अनुसार बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौताअनुसार पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको र स्थानीय तहमा शिक्षा कोष स्थापना गरिएको छ । गाउँपालिकाले कोषको स्थापना गरी कोषको रकम बालबालिकाका लागि दिवा खाजा, स्वास्थ्योपचार र कमजोर विद्यार्थी विद्यालय भर्ना भएका लागि पोसाक तथा अन्य सामग्रीको व्यवस्था गरिसकिएको अध्यक्ष तामाङले बताए ।

Suzuki New Bike & Scooter

गत हप्ता सम्पन्न १३औँ गाउँसभाले आर्थिक वर्ष ०८०/८१ का लागि शिक्षामा कुल बजेटको एकतिहाइ बजेट विनियोजन गरेको छ । १६ सामुदायिक विद्यालय रहेको ‘पालिकामा समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने मूल नाराका साथ घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिको उपप्रमुख विजय लामा, गाउँपालिका उपाध्यक्ष प्रतिमा लामा, प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङ, वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्यलगायत बुद्धिजीवी सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह