तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २१ असार २०८०, बिहीबार १२:५७
Buddha Eyes

मानो रोपेर मुरी फलाउने महिना असार सबैलाई हतार ! असार जाँगरिलो र कर्मशील बन्न सिकाउने महिना । त्यसैले, किसानलाई मात्र हेइन असार कुर्सीमा बसेर आदेश गर्ने, तोक लगाउनेदेखि फिल्ड पुग्ने प्राविधिक, ठेकेदार, मजदुर र व्यवसायीसम्मलाई हतार ! असार धान रोप्ने दिवस र दही-चिउरा खाने महिना हो रे ! धान दिवस र रोपाइँ महोत्सवले वास्तविक किसानलाई उत्साहित पार्न नसके पनि राजनीतिक रङ दिएर दलैपिच्छेको होडबाजी कार्जेक्रमले नुवाकोट अस्त-व्यस्त ! पर्यटन राज्यमन्त्री उपस्थित हुने कार्जेक्रममा पर्यटन प्रवद्र्धन गर्न राजधानीदेखि केही थान बस लिएर आगन्तुक रोपाइँ महोत्सवमा आउँदा आसन ग्रहणको विवादले प्रजिअ थापा सरले सुरुमै कार्जेक्रम हाप्नुप¥यो । आयोजकलाई नै बिसर्नु त भएन नि भन्दै एकथरीका काङ्ग्रेसजनको कोलाहल !