+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा प्रेसर हर्न निषेध

नुवाकोटमा प्रेसर हर्न निषेध
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, नुवाकोटलाई ध्वनिप्रदूषणमुक्त बनाउन प्रेसर हर्न निषेध अभियान जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको छ । दैनिक सवारीसाधन चेकजाँच गरेर ट्राफिकले ट्रक, बस, टिपरमा जडान भएका प्रेसर हर्न झिक्ने र पुनः नराख्न सम्झाई-बुझाई छाड्ने गरेको छ ।

ट्राफिकले जिल्लाको विभिन्न स्थानमा सवारीसाधन चेकजाँच नियमित गरेर सिटबेल्ट नभएकालाई सिटबेल्ट राख्न लगाउने, सवारीसाधनमा खुइलिएको नम्बर प्लेट परिवर्तन गरी नयाँ राख्न लगाउने, प्रेसर हर्न झिक्न लगाउने, बिलबुक र सवारी लाइसेन्सको नवीकरण गरे-नगरेको जाँच गर्ने गरेको छ । सरकारले तोकेको भाडादर र आरक्षण सिटको व्यवस्था कार्यान्वयनमा समेत ट्राफिक प्रहरी सक्रिय रहेको छ । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने गरेको सर्वसाधारणको गुनासोलाई मध्यनजर गरेर दैनिक फरक–फरक स्थानमा छड्के चेकजाँचलाई समेत निरन्तरता दिइरहेको छ । सुरक्षित सवारी अभियानलाई सफल पार्न सरोकारवाला निकायसँग सहयोग र सल्लाह लिएर अगाडि बढिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजीव तिवारीले बताए । सवारीसाधन चेकजाँचको क्रममा अनावश्यक टाँस गरिएका स्टिकर, झालरसमेत हटाउन थालेको छ । सवारीसाधनलाई कारबाही गरेर राजस्व उठाउनेभन्दा पनि सचेतनामूलक कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियान सुरु गरिएको ट्राफिक प्रमुख तिवारीले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । सरोकारवाला निकायसँग सहयोग र समन्वय गरेर सचेतनामूलक बोर्ड राख्ने तयारीमा ट्राफिक कार्यालय रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह