+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा प्रेसर हर्न निषेध

नुवाकोटमा प्रेसर हर्न निषेध
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोटलाई ध्वनिप्रदूषणमुक्त बनाउन प्रेसर हर्न निषेध अभियान जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको छ । दैनिक सवारीसाधन चेकजाँच गरेर ट्राफिकले ट्रक, बस, टिपरमा जडान भएका प्रेसर हर्न झिक्ने र पुनः नराख्न सम्झाई-बुझाई छाड्ने गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

ट्राफिकले जिल्लाको विभिन्न स्थानमा सवारीसाधन चेकजाँच नियमित गरेर सिटबेल्ट नभएकालाई सिटबेल्ट राख्न लगाउने, सवारीसाधनमा खुइलिएको नम्बर प्लेट परिवर्तन गरी नयाँ राख्न लगाउने, प्रेसर हर्न झिक्न लगाउने, बिलबुक र सवारी लाइसेन्सको नवीकरण गरे-नगरेको जाँच गर्ने गरेको छ । सरकारले तोकेको भाडादर र आरक्षण सिटको व्यवस्था कार्यान्वयनमा समेत ट्राफिक प्रहरी सक्रिय रहेको छ । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने गरेको सर्वसाधारणको गुनासोलाई मध्यनजर गरेर दैनिक फरक–फरक स्थानमा छड्के चेकजाँचलाई समेत निरन्तरता दिइरहेको छ । सुरक्षित सवारी अभियानलाई सफल पार्न सरोकारवाला निकायसँग सहयोग र सल्लाह लिएर अगाडि बढिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजीव तिवारीले बताए । सवारीसाधन चेकजाँचको क्रममा अनावश्यक टाँस गरिएका स्टिकर, झालरसमेत हटाउन थालेको छ । सवारीसाधनलाई कारबाही गरेर राजस्व उठाउनेभन्दा पनि सचेतनामूलक कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियान सुरु गरिएको ट्राफिक प्रमुख तिवारीले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । सरोकारवाला निकायसँग सहयोग र समन्वय गरेर सचेतनामूलक बोर्ड राख्ने तयारीमा ट्राफिक कार्यालय रहेको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह