काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीशोकमा परेका छन् । । प्रचण्डपत्नी सीता दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
६९ वर्षीया सीता दाहाल लामो समयदेखि पिएसपी रोगबाट ग्रस्त थिइन् । नर्भिक अस्पतालले दाहालको निधनको कारण कार्डियक अरेस्ट भनेको छ । दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । बुधबार नै दाहालको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।