नीलकण्ठ माविका गणेश खनाल छात्रतर्फ र नर्थपोल बोर्डिङकी संरचना पौडेल छात्रातर्फ प्रथम

  • त्रिशूली प्रवाह
  • २८ असार २०८०, बिहीबार १२:४५

धुन्चे, रसुवाबाट एसइई परीक्षा ०७९ मा नीलकण्ठ मावि बोगटीटार रसुवाका गणेश खनाल छात्रतर्फ र कालिका गाउँपालिकाको नर्थपोल बोर्डिङ स्कुलकी संरचना पौडेल छात्रातर्फ जिल्ला प्रथम भएका छन् ।

खनाल सामुदायिक विद्यालय नीलकण्ठ मावि बोगटीटारबाट एसइईमा सहभागी भएका थिए । एसइईको नतिजाअनुसार संस्थागत विद्यालय नर्थपोल बोर्डिङ स्कुलकी छात्रा संरचना पौडेल जिल्लाभरिबाट द्वितीय भएकी छिन् । रसुवामा रहेको सामुदायिक विद्यालय नीलकण्ठ मावि बोगटीटारका छात्र गणेश खनालले ३.६५ जिपिए ल्याएर यस वर्ष एसइई दिनेमध्येबाट सबैभन्दा बढी अङ्क ल्याई जिल्ला प्रथम भएका छन् । खनाल सामुदायिक विद्यालय नीलकण्ठ माविबाट एसइई परीक्षामा सहभागी भएका थिए । जिल्लाको सामुदायिक विद्यालयमध्ये नीलकण्ठ मावि बोगटीटारको रिजल्ट नै सबैभन्दा उत्कृष्ट रहेको शिक्षा विकास इकाइ रसुवाले जानकारी दिएको छ ।

यस्तै, कालिका गाउँपालिकाको नर्थपोल बोर्डिङ स्कुलमा अध्ययनरत छात्रा संरचना पौडेल ३.६० जिपिएसहित एसइई परीक्षामा छात्रातर्फ जिल्ला प्रथम भएकी हुन् । रसुवा जिल्लाबाट यस वर्षको एसइई परीक्षामा ६ सयभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । शिक्षा विकास तथा समन्वय इकाइ रसुवाका प्रमुख रमाकान्त अर्यालका अनुसार जिल्लामा पाँचवटा परीक्षा केन्द्र तोकिएका थिए । रसुवामा प्राविधिकतर्फका ५७ जना र अरू पाँच सय ६९ जना गरी ६ सय २६ जना परीक्षार्थी सहभागी रहेका थिए ।