+
Search

ताजा अपडेट +

पपुलर +

डेङ्गु रोग देखियो

डेङ्गु रोग देखियो
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, हिमाली जिल्ला रसुवामा पनि डेङ्गु रोगका बिरामी फेला परेका छन् । रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहका अनुसार जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा समेत डेङ्गु रोगको लक्षण भएका बिरामी फेलापर्न थालेका छन् । गत हप्ता एकजना वृद्धमा डेङ्गुको लक्षण रहेको पुष्टि भएपछि अस्पतालको अन्तरंग कक्षमा राखी उपचार भइरहेको छ ।

डेङ्गु बिहान र घाम अस्ताएपछि धेरै सक्रिय हुने भएकाले सरसफाइलगायत पानी जम्न नदिने र पानीका भाँडा छोपेर राख्न अस्पतालले आग्रह गरेको छ । समुद्री सतहदेखि दुई हजार मिटरको उचाइसम्ममा डेङ्गु रोगका बिरामी फेलापरेपछि अस्पतालले लामखुट्टेबाट सावधानी अपनाउन आग्रह गरेको हो । हिमाली क्षेत्र हिउँ पर्ने भएकाले अधिकांश महिना चिसो र जाडो हुने भएकाले यस्तो रोग कमै लाग्ने हुन्थ्यो । तर, अहिले अत्यधिक मानवबस्ती भएका कारण उच्च जलवायुको असर हुन सक्ने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । जलवायु परिवर्तनकै कारण पानी पर्नुपर्ने समयमा पानी नपर्ने, लालीगुराँस फुल्नुपर्ने समयमा फुल्दैन । जाडो हुने समयमा गर्मी हुने गरेको छ । अबका दिनमा रोग लाग्न नदिन सतर्कता अपनाउन सबै जिल्लावासीमा आग्रह गरिएको डा. शाहले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह